site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
उदेशलाई प्रेमध्वजको सुझाव– गीतसंगीतलाई निरन्तरता दिनू

काठमाडौं । उदेश श्रेष्ठले नयाँ गीत ‘मलाई तिमी मन पर्यो’ सार्वजनिक गरेका छन् । सार्वजनिक गीतमा उदेशकै स्वर र संगीत छ । शब्द रचनामा अर्जुन पासवानले सघाएका छन् । 

क्युज सिनेमाजमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीतको भिडियोमा गायक श्रेष्ठ नै फिचर्ड छन् । भिडियो सार्वजनिक कार्यक्रममा उपस्थित गायक प्रेमध्वज प्रधानले उदेशलाई संगीतमा निरन्तरता दिन आग्रह गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“उदेशले आफैले गाउनुका साथै संगीत गर्न सक्छन् र लेख्ने क्षमता पनि रहेछ । अब उनले संगीतमा आफूलाई निरन्तर लगाउनु पर्छ ।  उनलाई श्रोताले रुचाइसकेका छन् । त्यसैले निरन्तर गीतसंगीतमार्फत साक्षात्कार गर्नु पर्छ,” प्रेमध्वजले भने । 

उनले लाइभ ब्याण्डसँग तारा मात्र होइन तिमीलाई, घुम्तीमा न आउ है गीत गाएका थिए ।  उनले प्रेमध्वजकै अगाडि गीत गाउनु पाउँदा आफूलाई भाग्यमानी रहेको बताए । गीत सुनिसकेपछि प्रेमध्वजले उनको प्रसंसा गरेका थिए ।  

यो जुनीमा तिम्रो हुन सकिनँ, किन मायामा यति धेरै चोट हुन्छ, तिम्रो लागि आज म धेरै लगायत उदेशका गीतसंगीत स्रोताले रुचाएका छन् । 

प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  ०६:५८
प्रतिक्रिया दिनुहोस्