site stats
बाह्रखरी :: Baahrakhari
खेल
इन्टरको साँघुरो जित 

काठमाडौं । इन्टर मिलानले इटालियन सिरी ए फुटबलमा सहज जित निकालेको छ । आइतबार भएको खेलमा इन्टरले काल्गीरिमाथि १–० गोलको जित निकालेको हो । 

घरेलु मैदानमा भएको खेलमा इन्टरलाई जित दिलाउन माट्यो डार्मिनले निर्णायक गोल गरे । पहिलो हाफ गोल रहित बराबरी खेलेको इन्टरले दोस्रो हाफमा गोल गर्न सफल भएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

डार्मिनले खेलको ७७ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए । जितसँगै इन्टरले लिगमा ३० खेलबाट ७४ अंक जोडेको छ । 

इन्टरले लिगमा ११ अंकको अग्रता बनाएको छ । दोस्रो स्थानमा रहेको एसी मिलानको ६३ अंक छ ।  पराजित काल्गीरि रेलिगेसन जोनमा रहेको छ ।  
 

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १८:२५
प्रतिक्रिया दिनुहोस्