site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
भक्तपुरमा कविता प्रतियोगिता सम्पन्न

भक्तपुर । भक्तपुरमा जिल्लाव्यापी विद्यालय तथा कलेजस्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ ।

सहिद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले सो कविता प्रतियोगिताको आयोजन गरेको हो । प्रतियोगितामा विभिन्न कलेज तथा विद्यालयका ४० जना विद्यार्थीले कवितावाचन गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तिलक प्रकाशले विद्यार्थीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धिको लागि यस किसिमको प्रतियोगिताले टेवा दिने बताए ।

वागमती प्रदेशका सांसद रजनी जोन्छेको सभापतित्वमा सम्पन्न कार्यक्रममा बाबुराजा जोशी, दयामान कर्माचार्य, उत्तम मल्ल र हरिहर तिमल्सिनाले आफ्नो धारणा राखेका थिए ।

प्रतियोगितामा विद्यालयतर्फ अपेक्षा लामा, समीक्षा न्यौपाने, आयुषा दंगाल, संयोग अभिकारी, श्रेया नेपाल र प्रवेश तिमिल्सिना तथा कलेजतर्फ सुष्मा तिमिल्सिना, सुस्मिता श्रेष्ठ, रोमिका शर्मा, आदर्शबाबु ढकाल र इन्दिरा नेपाल पुरस्कृत भए ।

प्रतियोगिता मध्यपुर थिमि नगरपालिकासितको सहकार्यमा सम्पन्न भएको हो ।

प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  १४:२९
प्रतिक्रिया दिनुहोस्