site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ऐन, कानून बनाउँदादेखि नै सरकारमा सकारात्मक सोच हुनुपर्छ 

नेपाल चेम्बर अफ कमर्स नेपालको निजी क्षेत्रको सबैभन्दा पुरानो संस्था हो । चेम्बर स्थापना भएको ७० वर्ष भएको छ ।

चेम्बरको हालका अध्यक्ष राजेशकाजी श्रेष्ठ हुन् । फरक फरक समयमा गरी चार कार्यकाल चेम्बरको नेतृत्व सम्हालेका श्रेष्ठ स्पष्ट बोल्ने व्यवसायीको रुपमा परिचित छन् । उनै श्रेष्ठसँग चेम्बरको ७० वर्षको इतिहास, नेपालका उद्योगी व्यवसायीको समस्या र समाधान, पछिल्लो राजनीतिक घटनाक्रममा केन्द्रित रहेर बाह्रखरीले भिडियो कुराकानी गरेको छ । 
...
व्यवसायीको हक हित र सरकारसँगको समन्वय गरेर नीति बनाउन चेम्बर अभियानले महत्वपूर्ण भूमिका खेलेको उनले बताए ।

७० वर्ष अगाडिको आर्थिक मुद्दा र आजको आर्थिक मुद्दा फरक रहेको भन्दै उनले नेपालको निजी क्षेत्रले उठाएका आर्थिक मुद्दा धेरै कार्यान्वयन भएको र केही अझै कार्यान्वयनको चरणमै रहेको बताए । 

सरकारले बजेट, मौद्रिक नीतिमा निजी क्षेत्रको सुझाव लिएको र सोही सुझावका आधारमा विभिन्न सहुलियतको घोषणा पनि गरेको तर, मौद्रिक नीति, बजेटमा भनिएका विषय अझै कार्यान्वयन गर्न बाँकी रहेको उनले बताए । 

घोषणा गरिएका विषय कार्यान्वयन गर्न नसक्नु घोषणा गरेर पनि कार्यान्वयन गर्न नसक्नुकै कमजोरी भएको उनले बताए ।

सरकारलाई निजी क्षेत्रका तीन वटै संस्थाहरु नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघले एक भएर सल्लाह सुझाव पनि दिदै आएको त्यसरी सुझाव दिदा धेरै विषय कार्यान्वयनमा पनि आएका उनले बताए । 

“संविधानसभाको बेलामा यी संस्था मिलेर धेरै विषयमा संशोधन गर्‍यौं । अहिले पनि कृषि, विद्युत, श्रमको विषयमा एक भएर धेरै कुराहरु पनि भएको छ । कार्यसमिति, सदस्यसहित संस्थाहरुको आ–आफ्नै ‘इन्ट्रेष्ट’ हुन्छन् । तर, हामी सबै विषयमा एकताबद्ध रुपमा गइरहेका छौं । ती सुझावहरुको कार्यान्वयन पनि भइरहेका छन्,”उनले भने ।

उनले नेपाल उद्योग वाणिज्य महासंघको नयाँ पदाधिकारी आएपछि समग्र निजी क्षेत्रको ‘भिजन पेपर’ बनाउने सन्दर्भमा कुरा भएपछि त्यो भिजन पेपर समग्र निजी क्षेत्रको हुने वा फरक फरक आउने अझै भन्न नसक्ने बताए । 

“त्यसका लागि एउटा खाका पनि तयार गरेका थियौं । नयाँ अध्यक्ष आएपछि नयाँ काम गर्न खोज्छ । हाम्रो (चेम्बरको) पनि नयाँ अध्यक्ष आउँछ उसले पनि भिजन तयार गर्छ । अहिले एउटै भिजन पेपर बन्न सकेन भने पनि पछि सबै एकै ठाउँमा आइहाल्छ । उहाँ (शेखर गोल्छा) अध्यक्ष भइसकेपछि कुरा भएको हो । एउटै भिजन पेपर आउन पनि सक्छ, फरक फरक आउन पनि सक्छ,” उनले भने । 

निजी क्षेत्रले अपेक्षा गरेको भन्दा फरक पछिल्ला राजनीतिक घटनाक्रम देखा परेको उनले बताए । ढुक्कसँग व्यवसाय गर्ने वातावरण केही समय अगाडि नबनेको भइपनि अहिले भने त्यस्तो वातावरण बन्दै गएको उनको भनाई छ । “राजनीतिक दलबीच गर्मागर्मी संसदभित्रै होस्, बाहिर नआओस् । सडक बन्द आन्दोलन नगरोस्,” उनले भने । कोभिड निर्मुल नभएसम्म त्यसले पनि लगानीका लागि असर पार्ने उनले बताए । 

उनले देशमा केही पनि नभएको मात्रै नभई विकासका केही काम पनि भएको पनि बताए । “सबै कुरालाई नकारात्मक रुपमा मात्रै हेर्न हुँदैन्, केही राम्रा काम पनि भएका छन,” उनले भने । 

तर, जति काम भएका त्यसलाई अझै बढाउनुपर्नेमा उनले जोड दिए । उद्योगी व्यवसायी राजनीतिक दलमा गएको सन्दर्भमा उनले राजनीति गर्ने सोख भएर गएको हुन सक्ने बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  १०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro