site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अफगानिस्तानमा ४२ जना तालिबानी लडाकुसहित ५९ जना मारिए
तस्बिरः एजेन्सी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काबुल । द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा विगत २४ घण्टाको अवधिमा विद्रोहीहरुका क्रियाकलाप एवं भिडन्तमा परेर ५९ जनाको मृत्यु भएको छ ।

अफगान युद्धको अनुगमन गरिरहेको समूहकाअनुसार विगत २४ घण्टामा आठ जना सर्वसाधारण, नौ जना सैनिक र ४२ जना तालिबानी लडाकुकाे ज्यान गएको छ ।

हिंसा न्यूनीकरण समूहले हिंसामा परेर ३० जना सर्वसाधारण, ३८ जना तालिबानी लडाकू र सात जना सुरक्षाकर्मी घाइते भएको जनाएको छ । समूहका अनुसार देशका १५ स्थानमा हिंसाका घटनाहरु भएका थिए ।

प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  १५:४५
प्रतिक्रिया दिनुहोस्