काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले कर्णाली प्रदेशमा प्रकाश ज्वालालाई संयोजक बनाउने तयारी गरेको छ ।
केही दिनमै ज्वालाको नेतृत्वमा प्रदेशको समानान्तर संरचना तयार पारिने एक नेताले जानकारी दिए । सचिवमा नीरज आचार्यको नाम प्रस्ताव गरिएको ती नेताको भनाइ छ ।
केन्द्रीय नेताहरूको निर्देशनमा आचार्य अहिले प्रदेशमा समानान्तर कमिटी, कार्ययोजना बनाउन व्यस्त छन् । जुम्लामा तीर्थराजथ बूढाको नेतृत्वमा समानान्तर कमिटी गठन गरेको आचार्यको भनाइ छ । त्यस्तै, कालीकोटमा रमेश शाहीको नेतृत्वमा बैठक राखेर पालिका तहसम्मको कार्ययोजना बनाएको उनले बताए ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गएको फागुन २८ गते एकलौटी बैठक राखेर निर्णय गरेको भन्दै खनाल–नेपाल समूह विद्रोहमा उत्रिएको छ । उसले देशव्यापी समानान्तर संरचना निर्माणलाई तीव्रता दिएको छ ।