साहित्य

काठमाडौं । नइ प्रकाशनले आफ्नो रजत महोत्सवको अवसरमा प्रा.डा. वासुदेव त्रिपाठीलाई ‘महासमालोचक’को उपाधि प्रदान गर्ने भएको छ । प्रकाशनले प्रा.त्रिपाठीलाई पाँचलाख रुपैयाँ नगदसहित ‘नइ रजत महोत्सव पुरस्कार’ प्रदान गर्न लागेकाे हाे ।
समालोचनाको परम्परालाई आधुनिक युगमा विविधतापूर्ण, बहुआयामिक र समन्वयवादी दृष्टिले गतिशील, समृद्ध र उन्नत तुल्याउनमा विशेष भूमिका खेलेबापत प्रा.डा.त्रिपाठीलाई उक्त उपाधि र पुरस्कार प्रदान गर्ने निर्णय भएको नइ प्रकाशनले जनाएको छ ।
उपाधि समर्पण समारोहमा प्रा.त्रिपाठीलाई देशदेशान्तरबाट सार्वजनिक अभिनन्दन गरिने पनि नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: बुधबार, चैत २५, २०७७ १२:४०
प्रतिक्रिया दिनुहोस्