site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सेयर बजार सिजनल वृद्धिको समय हो अझै माथि जान्छ : विश्लेषक
Sarbottam CementSarbottam Cement

काठमाडौ । साताको दोस्रो दिन पनि सामान्य उतारचढावबीच सेयर बजारमा एक अंकको सामान्य वृद्धि हुँदा बजार परिसूचक नेप्सेले पुनः नयाा रेकर्ड बनाएको छ । आइतबार डेढ महिना पुरानो रेकर्ड तोड्दै अगाडि बढेको नेप्सेले आज सोमबार आइतरबारको रेकर्ड तोडेको हो ।
 
सोमबार बजार परिसूचक नेप्से १.१३ अंकले बढेर २६५८.७५ अंकमा बन्द भएको छ । गत मंसिर १३ गते १८८१ अंकको रेकर्ड ब्रेक गर्दै अगाडि बढेको नेप्से फागुन ९ गते २६४० अंकको ऐतिहासिक बिन्दुमा पुगेर करिब १० प्रतिशतको करेक्सन भएको थियो । त्यसपछि डेढ महिनामा नै उक्त रकेर्ड ब्रेक गर्दै हिजो आइतबार २६५७.६१ अंकमा पुगेको थियो । आज उक्त रकेर्डलाई पनि तोडेको छ ।
 
चैत मसान्तमा कर्जाको ब्याज भुक्तानी गर्नुपर्ने भएकाले लगानीकर्ता केही प्यासिभ देखिँदा बुधबार ९ अर्बको कारोबार भएको बजारमा आज भने सवा सात अर्बमा समिति भएको छ । ७ अर्ब २९ करोड ६७ लाख ६० हजारको सेयर कारोबार हुँदा आज  १ करोड ५८ लाख ५३ हजार ९९३ कित्ता सेयर किनेबचे भएको छ । चैत मसान्त आउँदै गर्दा सेयर बजार लगातार बढ्दै गएको छ । 

सेयर बजारमा सिजनल वृद्धिको समय हो 
ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष भरत रानाभाट चैत मसान्तमा बैंकहरुलाई तरलता व्यवस्थापन गर्न केही असहज भए पनि  वैशाखबाट बजेट खर्च बढ्दा प्रणालीमा पर्याप्त तरलता हुने भएको भन्दै अहिले सेयर बजारमा सकारात्म नै रहेको उनले बताए ।
 
चैथौ त्रैमासमा विगतदेखि नै सेयर बजार सकारात्मक हुने गरेको भन्दै चैत मसान्तमा पनि सेयर बजार लगातार बढिरहेकाले बजार अझैमाथि जाने संकते देखिएको उनको भनाइ छ । वैशाखबाट केही बैंकंहरुले निक्षेपका ब्याजर बढाए पनि अझै पनि सहज रुपमा ८/९ प्रतिशत ब्याजदरमा सेयर कर्जा पाइने अवस्था रहेकाले बजार बढ्ने दिशामा नै रहेको र तेस्रो त्रैमास पछि झनै बढ्नसक्ने उनले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

विगतमा आर्थिक वर्षको तेस्रो त्रैमास केही ‘पेनिक’ बन्ने गरेको भन्दै उनले यो वर्ष सूचिकृत कम्पनीको लाभांशमा ढिलाई हुँदा फागुन मध्यसम्म लगानीकर्ता सक्रिय देखिएको र चैत दोस्रो सातबाट नै पुनः लगानीकर्ता सक्रिय भएको अवस्थामा आगामी  वर्ष सूचिकृत कम्पीले झन राम्रो लाभांश दिनसक्ने भएकाले बजार बढ्नेमा लगानीकर्ता आशावादी नै रहेको उनको विश्लेषण छ ।
 
सेयर लगानीकर्ता तथा नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार पनि तत्कालै ब्याजदर बढ्ने संकेत नभएको र बैंकहरुले अहिले पनि बोलाई–बोलाई सेयर कर्जा दिइरहेकाले बजार अझै बढ्नसक्ने बताउँछन् । बिमा कम्पनीमा पुँजी बढाउन धमाधम हकप्रद आइरहेका र बैंक तथा वित्तिय संस्थाको तेस्रो त्रैमासिक रिपोर्ट पनि पोजेटिभ आउने संकेत देखिएकाले बजारले अझै उचाई लिन उनको विश्लेषण छ ।
 
चैत मसान्त आएकोले आइतबारको तुलनामा कारोबार रकम घटे पनि वैशाख लागेपछि भने बजारले कारोबार रकम र परिसूचक दुईमा नयाँ–नयाँ रेकर्ड बनाउने उनको दाबी छ ।
 
यता, बैंकहहरुको सरकारले बजेट खर्च नबढाउने हो भने वैशाखबाट निक्षेपको ब्याजदर बढ्ने बताउँछन् । नबिल एनआईसी एशिया जस्ता बैंकहरुको नै सीसीडी रेसियो ८३ प्रतिशत नाघेको छ । ११ बैंकको सीसीडी रेसियो ८० प्रतिशत नाघेको छ । जसले गर्दा यी बैंकहरुलाई अब कर्जा विस्तार गर्न पनि निक्षेप तान्नुपर्ने अवस्था देखिन्छ । 
बैंकर्स संघका अध्यक्षसमेत रहेको भुवन दाहाल वैशाखबाट बैंकहरुले निक्षेपको ब्याजदर १ प्रतिशतसम्मले बढाउने बताउँछन् । चैतबाट नै केही बैंकले निक्षेपको ब्याजदर बढाएर निक्षेप तान्ने प्रचारप्रसार गरिरहेका छन् । यसले केही मात्रामा ब्याजदर बढ्ने प्रस्ट हुन्छ ।
 
सेयर विश्लेषक अनलराज भट्टराई विगतको टे«न्ड हेर्दा पनि चैत   मसान्तपछि साउनसम्म सेयर बजार बढ्ने गरेको बताउँछन् । अर्कोतर्फ सेयर बजारमा नयाँ लगानीकर्ता प्रवेश र अनलाइनको कारणले गर्दा सेयर बजारमा सक्रिय लगानीकर्ताको संख्या पनि बढेकाले सेयर बजार अझै बढ्न उनको भनाइ छ ।
 
केही ब्याजदर बढ्न सक्ने भए पनि सबै लगानीकर्ताले कर्जा लिएर नै कारोबार नगर्ने र सेयर धितो कर्जा पनि ७५ अर्ब मात्रै रहेकाले साधैंभरी एउटै अवस्था नरहने नको भनाइ छ । अहिले बजारमा संस्थागत लगानीकर्ता पनि बढेको र नयाँ सक्रिय लगानीकर्ता पनि बढेकाले बजार बढ्ने उनको बुझाइ छ । अर्कोतर्फ बैंकिङ क्षेत्रको प्रकाशित तथ्यांक हेर्दा गत वर्षको तुलनामा १० प्रतिशतले लाभांश क्षमतामा वृद्धि हुने देखिएको र अब वैशाखबाट साउनसम्म सेयर बजार अझै बढ्नसक्ने उनको विश्लेषण छ । 

कस्तो रह्यो आजको सेयर बजार 
सोमबार प्रि–ओपन सेसनमा २१ अंकभन्दा माथिले वृद्धि भएर २६७९.३९ अंकमा खुलेको नेप्से इन्ट्रा–डे कारोबारमा २६८२.२७ अंकको ऐतिहासिक उचाइमा पुगेको थियो । आज नेप्सेले २६३९.६७ अंकको तल्लो बिन्दु कायम गर्यो ।
 
बजारलाई लिड गर्ने बैंकिङ उप–सूचक नै ०.६५ प्रतिशतले करेक्सन हुँदा पनि होटेल तथा पर्यटन हाइड्रोपावर र लघुवित्त उप–सूचकले थेगेको छ । होटेल तथा पर्यटन उप–सूचक ३.२४ प्रतिशत, व्यापार उप–सूचक २.९९ प्रतिशत, हाइड्रोपावर उप–सूचक १.८५ प्रतिशत, अन्य उप–सूचक १.५८ प्रतिशत तथा लघुवित्त उप–सूचक ०.७१ प्रतिशतले बढेको छ ।

Global Ime bank

सोमबार कारोबार रकममा अपर तामाकोसीले लिड गरेको छ । कम्पनीको ३४ करोड ७५ लाख ६८ हजारको कारोबार हुँदा, आईएमई जनरल इन्स्योरेन्सको ३१ करोड ३४ लाख ९६ हजार र नेपाल इन्फ्रास्ट्रचर बैंकको २८ करोड ९४ लाख ६४ हजारको कारोबार भएको छ । 

आज ५९ कम्पनीको सेयर मूल्य बढ्दा  १०५ कम्पनीको घटेको छ  । १६ कम्पनीको बढेको छ । एनआईसी एशिया लघुवित्त, राधी जलविद्युत् कम्पनी, वोमी लघुवित्त र सानिमा जनरल इन्स्योरेन्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेर सर्किट मूल्यमा बन्द भएको छ । गोर्खाज  फाइनान्सको सेयर मूल्य भने ४ प्रतिशत माथिले घटेको छ ।  


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  १६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC