बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
इन्डोनेशिया र पूर्वी टिमोरमा बाढीपहिरोका कारण ७१ जनाको मृत्यु
बाह्रखरी - सोमबार, चैत २३, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

जकार्ता । इन्डोनेशिया र पूर्वी टिमोरमा शनिबार आएको बाढी र पहिरोमा परी कम्तिमा ७१ जनाको ज्यान गएको छ । दक्षिण पूर्वी एशियाका यी छिमेकी देशमा मुसलधारे वर्षाले ठूलो धनजनको क्षती गरेको बीबीसीले जनाएको छ । बाढी पहिरोले इन्डोनेशियाको पूर्वी क्षेत्रको फ्लोर्सदेखि पूर्वी टिमोरसम्म प्रभाव पारेको छ ।

इन्डोनेशियामा अझै ४० भन्दा बढी मानिस हराइरहेको भन्दै अधिकारीहरुले मृत्यु हुनेको संख्या थप बढ्न सक्ने जनाएका छन् । हिलो र खराब मौसमका कारण उद्धारकार्यमा जटिलता थपिएको इन्डोनेशियन डिजास्टर मिटिगेसन एजेन्सीका प्रवक्ता रादित्य जातीले बताए ।

Agani Group

पूर्वी टिमोरमा पनि कम्तिमा २१ जनाको मृत्यु भएको जनाइएको छ । मृतकमध्ये अधिकांश राजधानी दिलीका रहेका छन् । वर्षाको समयमा इन्डोनेशियामा धेरै बाढी पहिरोका घटना घट्ने गरेको छ । गएको जनवरीमा मात्र जावा द्विपमा बाढीका कारण ४० जनाको मृत्यु  भएको थियो भने सेप्टेम्बरमा बोर्नियोमा पहिरोमा परी कम्तिमा ११ जनाले ज्यान गुमाएका थिए ।

इन्डोनेशियाको करिब आधा जनसंख्या पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने यहाँको प्राकृतिक प्रकोप रोकथाम सम्बन्धी संस्थाले जनाएको छ ।

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, चैत २३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्