बाह्रखरी
sticky  ncell
Samsung
coke
Samsung
coke
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
पहिलो पटक डबल भूमिकामा श्रद्धा
Godraj nepal
Godraj nepal
बाह्रखरी - सोमबार, चैत २३, २०७७
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

मुम्बई । अभिनेत्री श्रद्धा कपुर डबल भूमिकामा देखिने भएकी छिन् । उनीे चलचित्र ‘चालबाज इन लण्डन’ मा डबल भूमिका निभाउँदै छिन् । सन् १९८९ मा रिलिज भएको ‘चालबाज’ निर्देशन गरेका निर्देशन पंकज पराशरकै निर्देशनमा यो चलचित्र बन्दै छ । यो चलचित्र भूषण कुमार र कृष्ण कुमारको ‘टि–सिरिज’ र अहमद खान र सायर खानको ‘पेपर डल इन्टरटेन्मेन्ट’को सहकार्यमा निर्माण हुन लागेको हो ।
 
यो चलचित्रमार्फत श्रद्धा पहिलो पटक डबल रोलमा देखिन लागेकी हुन् । यसबारे श्रद्धा भन्छिन्, “चालबाज इन लण्डनको निर्माण टिमले मलाई यस चलचित्रको लागि छनोट गर्नुभएकोमा म आफूलाई भाग्यमानी ठान्छु । यसमा म पहिलो पटक डबल भूमिका निभाउँदै छु । र, यो एक कलाकारको लागि अवश्य पनि चुनौतीपूर्ण हुन्छ । मेरो लागि यो ठूलो जिम्मेवारी हो । यद्यपि म यो भूमिकालाई निभाउन सक्छु भन्ने विश्वास भूषण र अहमद सरले विश्वास गरिदिनु भएकोमा म खुशी छु ।” 

साथै आफ्नो लागि यो एउटा राम्रो मौका हुने भन्दै यो यात्राको प्रतिक्षामा भएको पनि उल्लेख गरेकी छिन् । 

बलिउड हंगामा
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, चैत २३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्