साहित्य

मुम्बई । भारतमा कोरोनाभाइरसको दोस्रो लहर सुरु भएसँगै बलिउडकर्मीहरु पनि धमाधम यसको चपेटामा पर्न थालेका छन् । अभिनेता अक्षय कुमार र गोविन्दा पनि कोरोना संक्रमित भएका छन् ।
अहिले दुवै कलाकार होम–क्वारेन्टिनमा रहेका छन् । अभिनेता अक्षयले इन्स्टाग्राममार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । साथै, उनले पछिल्लो दिन आफूसँग सम्पर्कमा रहेका सबैलाई कोरोना परीक्षण गराउन अनुरोध पनि गरेका छन् ।
गोविन्दाबाहेक उनको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको छ । यी दुई अभिनेताअघि अभिनेत्री आलिया भट्ट, आमिर खान, रणवीर कपुर, कार्तिक आर्यनलगायत कलाकार संक्रमित भइसकेका छन् । नवभारत टाइम्स/बलिउड हंगामाबाट ।
प्रकाशित मिति: आइतबार, चैत २२, २०७७ २०:०७
प्रतिक्रिया दिनुहोस्