site stats
बाह्रखरी :: Baahrakhari
खेल
आर्सनलको मैदानमा लिभरपुको जित 

काठमाडौं । साविकको विजेता लिभरपुललले प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई ३–० गोल अन्तरले हराएको हो ।

आर्सनलको घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन डिएगो जोटाले दुई गोल गरे । त्यस्तै मोहमद सलाहको नाममा एक गोल रह्यो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जितसँगै लिभरपुल लिगको पाँचौं स्थानमा उक्लिएको छ । लिभरपुलले ३० खेलमा ४९ अंक जोडेको छ ।

पराजित आर्सनल ४२ अंक जोडेर नवौं स्थानमा छ । पहिलो हाफ गोल रहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा ३ गोल गरेको हो । 

खेलको ६४ औं मिनेटमा जोटाले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए ।

६८ औं मिनेटमा सलाहले गोल गर्दाै लिभरपुको अग्रता दोब्बर पारे । ८२ औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३–० को जित दिलाए ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  ०९:११
प्रतिक्रिया दिनुहोस्