खेल
काठमाडौं । म्यान्चेस्टर सिटीले प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । लेष्टरको मैदानमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले सहज जित निकाल्न सफल भएको हो ।
शनिबार राति भएको खेलमा सिटीले लेष्टर सिटीलाई २–० गोल अन्तरले पराजित गरेको छ । सिटीलाई जित दिलाउन बेन्जामिन मेन्डी र ग्राबियल जिससले एक–एक गोल गरे ।
खेलको ५८ औं मिनेटमा मेन्डीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका दिलाए । ७४ औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई २–० को जित दिलाए ।
जितसँगै सिटीले शीर्ष स्थानमा १७ अंकको अग्रता बनाएको छ । सिटीले ३१ खेलमा ७४ अंक जोडेको छ । पराजित लेष्टर ३० खेलमा ५६ अंक जोडेर तेस्रो स्थानमा छ ।
प्रकाशित मिति: आइतबार, चैत २२, २०७७ ०९:०१
प्रतिक्रिया दिनुहोस्