site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बंगलादेशमा एकहप्ते लकडाउनको घोषणा
प्रतीकात्मक तस्बिर ।

ढाका । कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न भन्दै बंगलादेशमा एकहप्ते लकडाउन घोषणा गरिएको छ ।

स्थानीय समयानुसार यही अप्रिल ५ देखि लागु हुनेगरी सरकारले लकडाउनको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् । बंगलादेशका सडक, यातायात तथा पुलमन्त्री अब्दुल क्वाडरले शनिबार अनलाइन पत्रकार सम्मेलनमार्फत लकडाउन घोषणा गरिएको जानकारी दिएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लकडाउनका लागि नयाँ निर्देशिका सरकारले चाँडै नै घोषणा गर्ने सार्वजनिक प्रशासनमन्त्री फहाद हुसेनले बताए ।  अत्यावश्यकलगायत कतिपय सेवा भने लकडाउनका बेलामा पनि सुचारु हुन सक्ने अधिकारीहरुले बताएका छन् ।

बंगलादेशमा अहिलेसम्म ६ लाख ३० हजार २७७ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । तीमध्ये पाँच हजार ६८३ जना पछिल्लो एकैदिनमा संक्रमित भएका हुन् । पछिल्लो २४ घण्टामा बंगलादेशमा कोरोनाकै कारण ५८ जनाको मृत्यु भएको छ । योसँगै बंगलादेशमा कोरोनाकै कारण मृत्यु भएकाहरुको कुल संख्या नौ हजार २१३ पुगेको अधिकारीहरुले जनाएका छन् ।

स्वास्थ्य सेवा महानिर्देशनालयले पछिल्लो एक दिनमा २४ हजार ५४८ जनाको कोरोना परीक्षण गरेको जनाएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, चैत २१, २०७७  २२:४०
प्रतिक्रिया दिनुहोस्