site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सुब्बालाई मैनाली कथा पुरस्कार  

काठमाडौं । साहित्यिक पत्रकार संघले कथा दिवसका अवसरमा आख्यानकार विन्द्या सुब्बालाई मैनाली कथा पुरस्कारद्वारा पुरस्कृत गरेको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सुब्बालाई नगद एक लाख एक हजार एक सय एघार रुपैयाँसहित सम्मानपत्र प्रदान गरियो ।

कार्यक्रममा कथाकार पद्मावती सिंहको कथासंग्रह ‘पद्मावती सिंहका प्रतिनिधि कथाहरू’ र आख्यानकार महेश प्रसाईंको कथासंग्रह ‘एउटा कथाको पुनर्जन्म’को पनि लोकार्पण गरियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य, पूर्वमन्त्री आरके मैनालीले आफ्नो धारणा राखेका थिए ।

संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा ज्ञानु अधिकारी, विन्द्या सुब्बा, पद्मावती सिंह, महेश प्रसाईं, बाबा बस्नेत, पुष्पा खनाललगायतले बोलेका थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  २०:३८
प्रतिक्रिया दिनुहोस्