site stats
बाह्रखरी :: Baahrakhari
खेल
त्रिदेशीय फुटबल विजेता खेलाडीलाई सरकारले जनही चार लाख दिने 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । घरेलु मैदानमा सम्पन्न त्रिदेशीय फुटबल विजेता नेपाली टोलीका सम्पूर्ण सदस्यहरुलाई सरकारले चार/चार लाख रुपैयाँ दिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

नेपालले घरेलु मैदानमा बंगलादेशलाई हराउँदै त्रिदेशीय फुटबलको उपाधि जितेको थियो । तीन देश सम्मिलित फुटबलमा नेपालले पहिलो दुई खेल बराबरी खेलेको थियो । फाइनलमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गरेको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  १६:१८
प्रतिक्रिया दिनुहोस्