site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
डिजिटल प्लेटफर्ममा डेब्यू गर्दै सात बलिउड स्टार

मुम्बई । प्लेटफर्म जे होस, डेब्यू सधैँ विशेष हुन्छ । लकडाउनका कारण वर्ष २०२० मा थुप्रै बलिउडकर्मीहरुले डिजिटल प्लेटर्फममा डेब्यू गरे, जसमा अभिषेक बच्चनदेखि ज्याक्लिन फर्नानाडिज पर्छिन् । 

यस्तै यसवर्ष पनि यस प्लेटफर्ममा डेब्यू गर्नेमा बलिउडका चर्चित अनुहारहरु छन् । यस वर्ष डिजिटल प्लेटफर्ममा डेब्यू गर्न लागेका सात चर्चित बलिउडकर्मीहरुको लिस्ट बलिउड हंगामाले निकालेको छ । जसमा कपिल शर्मा, माधुरी दीक्षित, साहिद कपुर, सोनाक्षी सिन्हा र माधुरी दीक्षित, जुही चावला, रितिक रोशन र सोहा अली खानको नाम छ ।
 
‘द कपिल शर्मा शो’ केही समयका लागि बन्द भएको समयलाई सदुपयोग गर्दै उनी नेट्फिल्क्समा डेब्यू गर्दैछन् । कपिल आफैंले यसबारे जानकारी दिएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै अभिनेता साहिद र अभिनेत्री माधुरी नेट्फिल्क्सको सिरिजमा देखिने चर्चा चलेको छ । अभिनेत्रीद्वय सोनाक्षी र जूही अमेजोन प्राइम भिडियोको वेब सिरिजबाट डिजिटल प्लेटफर्ममा डेब्यू गर्दैछिन् ।
 
अभिनेता रितिक पनि वेब सिरिजबाटै यो पलेटफर्ममा आउँदैछन् । यद्यपि उनको वेब सिरिज कुन प्लेटफर्मबाट प्रसारण हुन्छ भन्ने तय भइसकेको छैन । 

अभिनेत्री जुही र सोहा भने एउटै सिरिजमा देखिँदै छन् 

बलिउड हंगामा

प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  १७:२०
प्रतिक्रिया दिनुहोस्