site stats
बाह्रखरी :: Baahrakhari
नेपाल राष्ट्र बैंक
नाला करुणामयको जात्रा (१२ तस्बिर)
तस्बिरहरु : अभिषेक महर्जन/बाह्रखरी ।

काठमाडौं । प्राचीन काठमाडौं उपत्यकाका चार प्रमुख करुणामयहरुमध्ये एक मानिने सृष्टिकान्त लोकेश्वर हाल काभ्रेको नालामा रहेको छ । नालामा स्थापित भएकोले सृष्टिकान्त लोकेश्वर, नाला करुणामयको नामले प्रसिद्ध छ ।

पुण्यमती नदी किनारमा अवस्थित यस मन्दिर नेपाली शैलीमा निर्माण गरिएको छ भने नाला करुणामय पूर्व दिशा फर्केर ध्यान मुद्रामा रहेको छ । सृष्टिकान्त लोकेश्वर नालामा कसरी स्थापित भयो भन्नेबारे विभिन्न किंवदन्तीहरु पाइन्छ ।

नाला करुणामयको हरेक वर्ष नेपाल संवत्अनुसार चिल्लागा पारुको दिन अर्थात् होली पूर्णिमाको भोलिपल्ट न्हवं गरिन्छ । न्हवंमा महास्नान गराइसकेपछि उनको प्राणलाई ब्रम्हकलशमा सारेर भोलिपल्ट मूर्तिमा रङरोगन गरिन्छ । त्यसपछि राति उनको दशकर्म पूजा गरी तृतीयाको दिन खटमा राखी नगर परिक्रमा गराइ जात्रा गर्ने परम्परा छ । नाला करुणामयको दर्शन गर्नाले अष्टभय नाश हुने र निरोगी हुने जनविश्वास रहेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

थप तस्बिर हेर्नोस्

प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  २०:३५
प्रतिक्रिया दिनुहोस्