site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘अर्जुन रेड्डी’को नेपाली भर्सन अडिसनमा कति आए सम्भावित व्यक्ति ?  

काठमाडौं । दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली भर्सनका लागि अडिसन लिइएका मध्ये चार जनामा आफूले सम्भावना देखेको निर्देशक विशाल सापकोटाले बताएका छन् । 

अडिसनका लागि करिब दुई हजार जनाले इमेल पठाएको निर्माण पक्षले ८०० जनालाई अडिसनको लागि बोलाएको थियो । त्यसमध्ये चार जनाबाट आफूले अपेक्षा गरेको सपाकोटा बताउँछन् । “चार जनालाई पुनः बोलाएर हामी अडिसन लिएर को कुन रोलका लागि उपयुक्त हुन्छ छनोट गर्ने तयारीमा छौं,” उनले भने, “फिल्म कलेज, मोडल तथा केही चलचित्रमा काम गरिसकेका पनि आउनु भएको छ । उहाँहरुबाट हामी आवश्यक व्यक्ति छनोट गर्ने छौं ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चारजना मध्येबाट पनि मुख्य कलाकारका लागि उपयुक्त व्यक्ति नभेटिए अहिले अभिनय गरिरहेका व्यक्तिलाई नै आग्रह गरेर अडिसन लिने उनको बताए । “हाम्रोमा अडिसन दिने चलन छैन । त्यसैले उहाँहरुको गोपनियता भने कायम गर्ने छौं,” उनी भन्छन्, “हामीलाई व्यक्तिभन्दा पनि अभिनय गर्ने कलाकार चाहिएको हो, त्यसैले यसमा हामी सम्झौता गर्दैनौं ।”

चलचित्रलाई युवा फिल्म्सले निर्माण गर्दैछ । ओरिजिनल र हिन्दी रिमेक दुवैले सफलता पाएको चलचित्रको नेपाली रिमेक बनाउन निकै चुनौती पूर्ण काम भएको सापकोटाले बताए । 
 

प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  ०८:५४
प्रतिक्रिया दिनुहोस्