site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
दक्षिण पूर्वी एसिया र अमेरिका जोड्ने इन्टरनेट केबल विस्तार गर्दै फेसबुक
Sarbottam CementSarbottam Cement

बीबीसी । फेसबुक र गुगलले दक्षिणपूर्वी एसिया र उत्तर अमेरिकालाई जोड्न समुद्रमुनि दुई नयाँ इन्टरनेट केबल विस्तार गर्ने भएका छन् । क्षेत्रीय दूरसञ्चार कम्पनीसँग मिलेर अघि बढाउन लागिएको यो परियोजनाले सिंगापुर र इन्डोनेसियामा तीव्र रुपमा इन्टरनेट आपूर्ति बढाउने बताइएको छ ।

यसअघि, जासुसी गरेको आरोपछि अमेरिका र हङकङलाई जोड्ने यस्तै योजनाबाट फेसबुक पछि हटेको थियो । “नयाँ र विविध मार्ग हुँदै जावा सागर पार गर्ने यी दुई नै पहिलो केबल हुनेछन् । इको र बाइफ्रस्ट नाम दिइएको केबल नेटवर्कले ट्रान्स–प्यासिफिकमा कुल सामुद्रिक क्षमता करिब ७० प्रतिशतले वृद्धि गर्नेछ,” फेसबुकको नेटवर्क इन्भेस्टमेन्टका उपाध्यक्ष केभिन सल्वादोरीले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उत्तर अमेरिका र इन्डोनेसिया जोड्ने यो नै पहिले केबल हुने पनि फेसबुकले उल्लेख गरेको छ । इको सन् २०२३ सम्ममा र बाइफ्रस्ट त्यसको एक वर्षपछि सक्ने लक्ष्य रहेको छ । इन्डोनेसियाका ७३ प्रतिशतभन्दा धेरै जनसंख्याले इन्टरनेट चलाउने भए पनि अधिकांशले मोबाइल डाटाको प्रयोग गर्ने गरेका छन् ।

यसअघि, फेसबुक र गुगलको पार्टनर कम्पनी अल्फाबेटले अमेरिका, ताइवान, हङकङ र फिलिपिन्स जोड्ने गरी केबल विस्तार गर्ने योजना बनाएको थियो । तर, यसलाई राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षाको विषयसँग जोडेपछि फेसबुक उक्त योजनाबाट पछि हटेको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  १२:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC