site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
म्यानमार ‘कू’ व्यापारिक स्वार्थकै कारण भएको हो ?
Sarbottam CementSarbottam Cement

एजेन्सी । म्यानमारमा सेनाले सत्ता हातमा लिएयता भएको सेनाविरोधी प्रदर्शनमा हालसम्म ४०० भन्दा धेरै नागरिकको मृत्यु भइसकेको छ । आइतबार मात्र सेनाले शोक सभामा हस्तक्षेप गर्ने क्रममा गोली चलाउँदा १०० भन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । प्रदर्शनमा मारिएकाहरुको सामूहिक अन्तिम सँस्कार भइरेको बेला सेनाले गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गत फेब्रुअरी १ मा म्यानमारको सेनाले प्रजातन्त्रवादी नेतृ आङ साङ सूकी, राष्ट्रपति विन मिन्टसहित नेशनल लिग फर डेमोक्रयासी (एनएलडी)का अन्य वरिष्ठ नेतालाई हिरासतमा लिई एक वर्षका लागि आपतकाल घोषणा गरेको छ ।

गत वर्ष नोभेम्बर ८ मा भएको निर्वाचनमा नेतृ सूकीको पार्टीले ८३ प्रतिशत मत हासिल गरेको थियो । जबकी ४७६ सिटका लागि भएको निर्वाचनमा सेना समर्थित युनियन सोलिडारिटी एण्ड डेभलपमेन्ट पार्टी (यूएसडीपी)ले ३३ सिट मात्र जितेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

मत परिणामप्रति असन्तुष्ट सेनाले निर्वाचनमा एनएलडीले धाँधली गरेको आरोप लगाउँदै आएको थियो । मतदाता नामावलीमा व्यापक अनियमितता भएको उनीहरुले बताएका थिए । तर यहाँको निर्वाचन आयोगले भने उक्त आरोप पुष्टि गर्ने कुनै आधार नभेटिएको भन्दै एनएलडीलाई विजयी घोषित गरिदियो ।  यसै विषयलाई आधार बनाएर सेनाले सत्ता हातमा लिएको हो ।

नयाँ निर्वाचित संसदको पहिलो बैठक बस्ने केही घण्टाअघि मात्र सेनाले निर्वाचित नेताहरुलाई हिरासतमा राखी सत्ता सञ्चालनको जिम्मेवारी सेना प्रमुख सिनियर जनरल मिन आङ हेलिङलाई दिएको हो ।

Global Ime bank

आफ्नो कदमको रक्षा गर्दै सेना प्रमुख हेलिङले कू लाई संविधान प्रदत्त अधिकार बताएका छन् । म्यानमारको संविधानले सेनालाई ‘आपतकालिन अवस्था’मा सत्ता हातमा लिनसक्ने अधिकार दिएको सेनाको जिकिर छ ।

विगतमा सेनाको सक्रियता

सन् १९४८ मा ब्रिटिशको उपनिवेशबाट स्वतन्त्र भएदेखि नै म्यानमारमा सेनाले शासन गर्दै आएको थियो । स्वतन्त्रतापछि संसदीय व्यवस्थाको अभ्यास गरेको म्यानमारमा सन् १९६२ मा सेनाले पहिलो पटक कू गरेको थियो । जनरल ने विनको नेतृत्वमा भएको उक्त कू २६ वर्षसम्म कायम रह्यो ।

विनले सन् १९७४ मा नयाँ संविधान जारी गरे जसले देशका मुख्य कम्पनी तथा उद्योगहरुलाई ‘राष्ट्रियकरण’ गर्‍यो । यसले म्यानमारको अर्थव्यवस्था सेना प्रमुखहरुको नियन्त्रणमा पुग्यो । सन् १९८८ अगष्टमा विद्यार्थीको नेतृत्वमा भएको विरोध प्रदर्शनले सैन्य कू को अन्त्य ग¥यो । सो प्रदर्शनका क्रममा सेनाले दमन गर्दा कम्तिमा ३ हजार नागरिकले ज्यान गुमाएका थिए भने हजारौं विस्थापित भएका थिए ।

सन् १९८८ को उक्त घटनापछि ने विनले पार्टीबाट राजिनामा दिए । सन् १९९० मा म्यानमारको सैन्य जून्टाले स्वतन्त्र निर्वाचन गराउने घोषणा गर्‍यो । उक्त निर्वाचनमा सूकीको दल एनएलडी विजयी भयो । यद्यपी सत्ता हस्तान्तरण गर्नुको साटो सेनाले सूकीलाई नजरबन्दमा राखेर पुनः आफैं सत्ता सञ्चालन गर्‍यो ।

सन् २००८ मा सैन्य जुन्टाले नयाँ संविधान बनायो जसले  आजका दिनसम्म सत्तामा सेनाको बलियो पकड बनाएको छ । सन् २०११ मा अघि सारिएको राजनीतिक सुधारले यसअघि प्रतिबन्धित एनएलडीलाई सन् २०१५ को निर्वाचन लड्न अनुमति दियो । निर्वाचनमा सूकीको दल एनएलडी बहुमतले विजयी भयो ।

कू को वास्तविक कारण : व्यापारिक स्वार्थ

वर्षौंसम्म राज्य सत्ता सेनाको पकडमा रहँदा सेनाका उच्च अधिकारीहरुले यहाँको प्रमुख क्षेत्रमा एकाधिकार जमाएका छन् ।

यहाँको वियर, सूर्ति, कोइला, निर्माण, सञ्चार, रियल स्टेट, खाद्य वस्तुलगायत महत्वपूर्ण क्षेत्रमा सैन्य प्रमुखहरुको नियन्त्रण रहेको छ ।

पछिल्ला केही दशकमा यहाँ केही महत्वपूर्ण आर्थिक सुधार भयो, जसमा निजी तथा अन्तर्राष्ट्रिय लगानीको निकै महत्वपूर्ण भूमिका रह्यो । यो समयमा पनि सेनाले आफ्नो आर्थिक स्थिति निकै बलियो बनाएको थियो ।

तर, सन् २०१५ मा निर्वाचित एनएलडीले मुख्य क्षेत्रमा लगानी र प्रतिस्पर्धा खुला गर्ने निर्णय लियो जुन सेनाको हितमा थिएन । सन् २०१८ मा एनएलडीका प्रवक्ताले अर्थतन्त्रका मुख्य क्षेत्रमा सेनाको प्रभुत्व रहेको जनाउँदै अवकाश प्राप्त सैनिक अधिकारीको नियन्त्रणमा रहेको कर्मचारीतन्त्र आर्थिक प्रगतिको बाधक रहेको औंल्याए । अर्थतन्त्र सुधारका लागि सन् २०२० को निर्वाचनपश्चात् यसमा पनि सुधार गरिछाड्ने एनएलडीको योजना थियो । 

देशको प्रमुख आर्थिक क्षेत्रमा आफ्नो नियन्त्रण कायम राख्नका लागि सेनाले निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै सैन्य प्रमुख हेलिङको नेतृत्वमा शासन सत्ता आफ्नो हातमा लिएको हो ।

को हुन् सेना प्रमुख हेलिङ ?

६४ वर्षीय सेना प्रमुख हेलिङले लामो समय सेनामा बिताएका छन् । यानगोन विश्वविद्यालयबाट कानुनको अध्ययन गरेका उनले तेस्रो पटको प्रयासपछि मात्र सन् १९७४ मा क्याडेटका रुपमा सेवा सुरु गरेका थिए ।

सन् २००९ मा स्पेशल अपरेशन ब्यूरोको कमाण्डरका रुपमा उनले उत्तर–पूर्वी म्यानमारमा कारबाही चलाउँदा दशौं हजार जातीय अल्पसंख्यक शरणार्थी विस्थापित भएका थिए । सो कारबाहीका क्रममा उनी र उनको फौजमाथि हत्या र बलात्कारको अभियोग समेत लागेको थियो ।

दशकौंको सैन्य शासनको अन्त्यपश्चात सन् २०११ मा प्रजातन्त्र स्थापना भएपछि हेलिङले सैन्य प्रमुखको रुपमा कार्यकाल सुरु गरेका थिए । प्रजातन्त्र स्थापना घोषणा भए पनि उनी शक्ति संचयमा लागिरहे ।

हेलिङको राजनीतिक प्रभाव र सञ्चारमाध्यममा नियमित उपस्थितिका कारण सैन्य समर्थित दल यूएसडीपीले सरकारको नेतृत्व गर्‍यो ।

सन् २०१६ मा नेतृ सूकीको दल एनएलडी सत्तामा आएपछि पनि उनले सूकीसँगै सार्वजनिक कार्यक्रमहरुमा उपस्थिति जनाउँदै आएका थिए ।
 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC