site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विराजले लिए सन्न्यास
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी विराज महर्जनले आज अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन् । त्रिदेशीय फुटबलको फाइनल खेलसँगै उनले सन्यास लिएका हुन् ।

बंगलादेशविरुद्धको फाइनलमा उनको सन्न्यास घोषणा गरिएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई ब्लेजर लगाइदिएर राष्ट्रिय टोलीबाट बिदाइको घोषणा गरेका हुन् । उनले सन् २००८ मा राष्ट्रिय टोलीमा 'डेब्यु' गरेका गरेका थिए ।

३३ वर्षीय महर्जन उनको कप्तानीमा नेपालले दुई ठूला उपाधि जितेको थियो । बंगबन्धु गोल्डकप र १२औँ सागमा फुटबलको स्वर्णपदक नेपालले विराजकै कप्तानीमा जितेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

विराजलाई पछिल्लोपटक राष्ट्रिय टोलीमा राखिएको थिएन । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय फुटबलमा उपाधि जितेका कारण विराज सफल कप्तान भनेर चिनिन्छन् ।

क्लब करियर 
वि.सं २०७६ मा मच्छिन्द्र क्लबले ‘ए’ डिभिजन लिग जित्दा विराज महर्जन मुख्य खेलाडी थिए । लिगमा उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई उपाधि दिलाए । मनाङ–मर्स्याङ्दी क्लबबाट उनी मच्छिन्द्र पुगेका हुन् ।

Global Ime bank

मछिन्द्रबाट फुटबल करियरको सुरुआत गरेका उनले सन् २००७ मा घरेलु क्लब थ्रीस्टारबाट लिग खेलेका उनले सन् २०१२/१३ मा थ्रीस्टारबाट लिग जित्न सफल भए । उनको क्लब यात्रा थ्रीस्टारबाटै सुरु भएको थियो ।

विराज सन् २०१६ मा मनाङ–मर्स्याङ्दीमा अनुबन्ध भए । ०७५ सालमा मनाङको लागि लिग उपाधि जिते । ०७६ मा मच्छिन्द्र पुगे । क्लब करियरमा भने विराजलाई अझै केही समय देख्न पाइनेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १६, २०७७  २०:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC