site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

मूर्च्छित प्रतिनिधि सभालाई सर्वोच्च अदालतले सञ्जीवनी मन्त्र सुनाएर जीवन त दियो । अब संसद्ले नै आफ्नो ‌शक्ति देखाएर औचित्य सिद्ध गर्नुपर्छ । दुर्भाग्य, राष्ट्रपति र प्रधानमन्त्री दुवै आफूलाई जन्माउने संसद्को वैरी हुन पुगेका बेलामा पनि संसद्लाई प्रभावकारी बनाउन सभामुख र अरू दलका नेताको भूमिका भने उत्साहप्रद हुनसकेन । 

राष्ट्रपति विद्यादेवी भण्डारीको आयोजनामा भएको संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको बैठकमा ‘असंवैधानिक शक्ति’ प्रहार  गरेर प्रतिनिधि सभा विघटन गरेकोमा राष्ट्रपति भण्डारी   वा प्रधानमन्त्री खड्गप्रसाद ओलीले पश्चाताप, आत्मालोचना वा क्षमायाचना गरेनन् । उल्टै ‘ताजा जनादेश’मा जोड दिएर मौका पर्नेबित्तिकै फेरि स‌सद् सिध्याउन नहिचकिचाउने संकेत दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

संसद्लाई सरकारले काम दिनुपर्छ । तर, संसद्सँग वैरभाव राख्ने सरकारले प्रभावकारी बनाउन काम दिने प्रश्नै भएन । सभामुखले संसद्लाई प्रभावकारी बनाउन सरकार र राजनीतिक दलका नेताहरूसँग छलफलसम्म गरेको सार्वजनिक भएको छैन ।

संसद्लाई प्रभावकारी बनाउन प्रमुख विपक्षी नेतालगायत अरू दलका नेताको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ । नेपालमा भने प्रमुख दलका शीर्ष नेताहरू स‌सद्मा बिरलै जान्छन् । विघटनबाट बौरेको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूले सायद मुख पनि देखाएका छैनन् ।

Global Ime bank

लोकतन्त्रका सबै आधार स्तम्भ भत्काउने ओलीको नियतमा राष्ट्रपति भण्डारीको साथ र पूर्ण  समर्थन देखिनु चिन्ताको विषय हो । संसदीय पद्धतिप्रति त ओलीको प्रतिबद्धता थिएन नै लोकतन्त्रप्रतिको ओँठेभक्तिको पनि पोल खुलेको छ । संसद्मात्र हैन ओलीको वक्रदृष्टि नेपालको स‌विधानमाथि पनि परेको सन्देह उनका पछिल्ला क्रियाकलापबाट पुष्टि हुँदैगएको छ । 

यसै पनि जीवित संसद् चलाउने प्रयासै नगरी चुनावमा जाने रहरमात्र गर्नु व्यावहारिक र सैद्धान्नतिक दुवै दृष्टिबाट गलत हुन्छ । वास्तवमा स‌विधानको अन्तिम व्याख्याता सर्वोच्च अदालतले बिउँताएको संसद् पनि नचलाउने नै हो भने संसद् गठनकै लागि चुनावै पो किन गर्ने भन्ने प्रश्न उठ्न सक्छ । संवैधानिक प्रावधानहरू एक एक गरेर मिच्दै  र आधारस्तम्भहरू कमजोर बनाउँदै जाने हो भने संविधान धमिराले खाएको काठजस्तै मक्किएर सक्किनेछ ।

अतः  जनताको सम्मान एवं लोकतन्त्रप्रतिको प्रतिबद्धता प्रकट गर्नका लागि पनि प्रतिनिधि सभालाई प्रभावकारी बनाउनुपर्छ । प्रतिनिधि सभाका सभामुखले दलगत स्वार्थ र अरू कसैको मुख नहेरी स्वविवेक प्रयोग गरेर संसद्को कारबाही अगाडि बढाउनु आवश्यक छ । सरकारले काम दिएन भनेर तमासा हेरेर बस्ने हो भने सभामुख पदको गरिमा समेत रक्षा हुँदैन । अरू दलका नेता पनि स‌सद्लाई प्रभावकारी बनाउन गम्भीर होऊन् । 

अहिले सभामुख र अरू दलका शीर्ष नेताहरूले सुझबुझ र सक्रियता देखाउन सकेनन् भने शासकहरूको कुदृष्टिबाट नेपाली जनताका प्रतिनिधिले बनाएको ‘नेपालको संविधान’ पनि जोगिनेछैन । त्यतिबेला सर्वोच्च अदालतले पनि लोकतन्त्र र राष्ट्रियता जोगाउन सक्नेछैन । प्रधानमन्त्री ओली त लाजले पनि प्रतिनिधि सभाको बैठकमा जान हिचकिचाए रे ।अरू दलका शीर्ष  नेता त बैठकमा जाऊ ! 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  १३:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC