site stats
बाह्रखरी :: Baahrakhari
देश
२० वर्षअघि नै भारतबाट काठमाडौं ल्याइएको थियो ६ अर्बको युरेनियम !

काठमाडौं । प्रहरीले काठमाडौंको बौद्धबाट बरामद गरेको ६ अर्ब बराबरको युरेनियम (२ किलो ५ सय ग्राम) २० वर्षअघि नै काठमाडौं ल्याएको पाइएको छ ।

प्रहरी अनुसन्धानका क्रममा संसारकै बहुमुल्य पदार्थ मानिएको युरेनियम नेपाल ल्याएको खुलेको हो । प्रहरीले सो युरेनियमसहित रामेछापका ४० वर्षीय नारायणसिंह तामाङ, ४० वर्षीया जानुका तामाङ, २० वर्षीय प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपानेलाई पक्राउ गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सो युरेनियम जानुकाको घरबाट बरामद गरिएको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी हरिबहादुर पालले भारतमा काम गर्न गएका जानुकाका ससुराले खानीबाट चोरेर सो युरेनियम ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनी हाल नेपालबाहिर रहेको र उनी बोल्न सक्ने अवस्थामा पनि नरहेको बताइएको छ ।

एआईजी पालले भने, “घरमै लुकाइएको रहेछ । थप अनुसन्धान जारी छ । पछिल्लो समय सो युरेनियम किनबेच गर्न पक्राउ परेकाहरु सक्रिय रहेको सूचनापछि हामी पक्राउ गर्न सफल भएका हौं ।”

एआईजी पालले अनुसन्धान जारी रहेको भन्दै सबै कुरा अहिले नै भन्न नमिल्ने बताए । नेपालमा पहिलोपटक युरोनियम बरामद भएको हो । एआईजी पालका अनुसार बरामद भएको युरेनियम प्राकृतिक युरोनियम हो । जसको मात्रा २३८ छ ।

राष्ट्रिय विधिविज्ञान प्रतिष्ठानको ल्याबको परीक्षणबाट युरेनियम सक्कली भएको प्रमाणित भएको हो । प्रहरीका अनुसार युरेनियम २३८ लाई प्रशोधन गरेर युरेनियम २३५ तयार गरिन्छ ।

युरेनियम २३५ को अन्तर्राष्ट्रिय मूल्य प्रतिकिलो १८ अर्ब रुपैयाँ पर्न जान्छ । एक किलोग्राम युरोनियम २३५ बाट निस्किने ऊर्जा तीन लाख टन बढी कोइलाबाट निस्कने तातो ऊर्जाबराबर हुने बताइन्छ । युरेनियम पारमाणविक भार भएको रेडियोधर्मी धातु हो ।

प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७  १७:०७
प्रतिक्रिया दिनुहोस्