site stats
बाह्रखरी :: Baahrakhari
देश
वसन्त ऋतुको स्वागतमा चेरी फुल्यो (तस्बिरसहित)

काठमाडौं । वसन्त ऋतुको आगमनसँगै काठमाडौंका सडक किनारमा चेरीलगायत विभिन्न प्रकारका फूल फूलेका छन् । सडक किनारमा फूल फूल्दा सडकको सौन्दर्यसमेत बढेको छ । 

कंक्रिटका घरहरुले कुरुप बन्दै गएको उपत्यकाका केही सडक खण्डहरुमा चेरी फूल फूल्दा अलिकति भएपनि सौन्दर्य थपिएको छ । 

वसन्त ऋतुको आभाष दिने गरी फूलेका फूलहरुले सडक पेटीमा हिँड्ने जो कसैको पनि मन प्रफुल्लित बनाउँछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वसन्त ऋतु आगमन हुनै लाग्दा उपत्यकाका विभिन्न  स्थानमा फूल फूल्न थालेका हुन । काठमाडौंको वाग्मती करिडोर, भृकुटी मण्डप, नक्साल, तीनकुने, बानेश्वर लगायतका सडक पेटीमा चेरी फूल्दा निकै आकर्षक देखिएको छ । सडक किनारका चेरी फूलका रुख वरिपरी तस्बिर खिच्नेको उपस्थिती देख्न सकिन्छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७  ०६:४६
प्रतिक्रिया दिनुहोस्