बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कम्युनिष्ट त कांग्रेसभन्दा पनि खत्तम रहेछन् :  दीपक मनाङे मलाई दुइवर्ष अगावै विदेशीले अहिलेको अवस्था आउँछ भनेका थिए
Godraj friday
Godraj friday
विशन क्षेत्री
बाह्रखरी - विशन क्षेत्री आइतबार, फागुन २३, २०७७
Laxmi Bank
Laxmi Bank

पोखरा । गण्डकी प्रदेशसभाका स्वतन्त्र सांसद तथा वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानका केन्द्रीय सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेले नेकपाको अहिलेको अवस्थाबारे आफूलाई दुईवर्ष अगावै थाहा भएको बताएका छन् ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम ऋषि कट्टेललाई दिने फैसला गरेको छ । 

कट्टेलले नेकपा दर्ता गरिसकेतापनि ०७४ को प्रतिनिधीसभा निर्वाचनमा एउटै चुनाव चिन्ह सूर्यबाट निर्वाचन लडेका माओवादी केन्द्र र नेकपा एमालेले सोही नेकपा नामबाट पार्टी एकीकरण गरि सत्ता चलाएका थिए ।

Rohto Landing

Agani Group

तर, सत्तारुढ नेकपालाई मान्यता नदिई सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएको छ । जबकी यी दुवै नाम अन्य व्यक्तिहरुले निर्वाचन आयोगमा दर्ता गरिसकेका छन् ।

सर्वोच्च अदालतको उक्त पैmसलापछि प्रदेश सांसद मनाङेले अहिलेको अवस्था आउने आफूलाई उतिबेलै थाहा भएको तर पत्यार नलागेको जनाएका छन् । बाह्रखरीसँगको कुराकानीमा उनले भने, “मलाई साढे दुइवर्ष अगाडि केही मान्छेले यही गेम हुन्छ भनेर भनेका थिए, विदेशीले  । मलाई चुनाव जितेपछि आएर भेटेर भनेका थिए । सहयोग गर्नुपर्‍यो भनेका थिए । त्यत्रो दुइतिहाई ल्याएको कहाँ यस्तो हुन्छ भनेर पत्याएको थिइन मैले त । यो पार्टी त एकदमै फटाहा रहेछ ।”

sarbottam cement

ज्नताले राम्रो सहयोग गरेर दुइतिहाई नजिक पुर्‍याउँदा पनि नेकपाका नेताहरु पैसाको पछि लागेका कारण अहिलेको अवस्था आएको उनले बताए ।

“जनताले राम्रो सहयोग गरेका थिए । तर, यिनीहरुको इन्टेसन पैसाको लागि रहेछ के, पैसाको लागि जे पनि गरिदिने । अस्ति यिनीहरु फुटेपछि मलाई यति घिन लाग्यो ।”

नेकपा फुटपछिको गतिविधी हेर्दा यो पार्टी कांग्रेसभन्दा पनि खतम रहेको उनले बताए ।

“हामीले त कम्युनिष्टलाई एकदम राष्ट्रवादी भन्थ्यौँ नि त पहिला । कहाँ, यिनीहरु त कांग्रेसभन्दा पनि खतम हुँदारहेछ । बरु कांग्रेस यस्तो हुँदैन । कांग्रेस फुट्दा अर्कै गेम भएको थियो, यिनीहरु त टोटल पैसामात्रै ।”

उनी ०७४ को प्रदेशसभा निर्वाचनमा तत्कालीन एमालेबाट मनाङ ‘ख’ मा निर्वाचन लड्न खोजेका थिए । तर, चौतर्फी विरोध भएपछि उनले स्वतन्त्रमा उमेदवारी दिए । पछि, एमालेको आधिकारिक उमेदवारलाई मनोनयन फिर्ता लिन लगाएर एमालेकै समर्थनमा उनले चुनाव जितेका थिए ।

तर, त्यतिबेला जनताको चाहना अनुरुप नै आफू एमालेबाट लड्न तयार भएको तर पैसा खाएर आफ्नो टिकट बेचिएको हुनसक्ने उनले आशंका गरे ।

“मैले त होइन, मनाङको जनताले अलगअलग नगरौँ, अलग हुँदा नराम्रो देखिन्छ । त्यति विश्वास पनि हुँदैन । एमालेबाट लडौँ भने, मैले लड्न मिल्दैन भन्न पनि मिलेन । तर, पछि मलाई टिकट दिएनन्, मेरो टिकट पनि बेच्दिए होलान के,” उनको भनाई छ ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
आइतबार, फागुन २३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्