site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

पात्रहरूको प्रवृत्ति र संस्कारमा सुधार नहुँदासम्म पल्धतिमा भएको प्रगति पनि अर्थहीन हुने रहेछ । नेपालको राजनीति यसको प्रत्यक्ष प्रमाण हो । विगत ७० वर्षमा नेपालीले एकतन्त्रीय जहानियाँ शासनबाट संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा गरिसकेका छन् । शासकहरूको संस्कारमा भने तात्त्विक अन्तर देखिन सकेको छैन ।

हिंसात्मक विद्रोहमा संलग्न नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग सहमति गरेपछि सरकारले त्यस समूहमाथि लगाइएको प्रतिबन्ध हटाएको छ । विडम्बना, प्रतिबन्ध हटाएको खुसियालीमा निकालिएको जुलुसमा बालबालिकालाई उपस्थित गराएर प्रकारान्तरले हिंसालाई नै निरन्तरता दिइएछ । 

काठमाडौंमा शुकवार सरकार र चन्द नेतृत्वको नेकपाबीच सहमतिमा हस्ताक्षर हुदै गर्दा हेटौँडामा भने विभिन्न विद्यालयका विद्यार्थीलाई बसमै ओसारेर ‘विजय जुलुस’ निकालियो । समाचारअनुसार चन्द समूहका कार्यकर्ताले विद्यालयमै गएर जुलसमा बालबालिकालाई लान खोजेपछि शिक्षकले नै अनुमति दिएका थिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

पञ्चायतकालमा राजारानीको जन्मदिन मनाउन पनि बालबालिकालाई समारोहमा जान कर लगाइन्थ्यो । यही सामन्ती अभ्यास र अधिनायकवादी प्रवृत्तिलाई लोकतन्त्रको पुनःस्थापनापछि पनि निरन्तरता दिइनु आपत्तिजनक विडम्बना हो । सामन्तवादविरुद्ध संघर्ष गरेका भन्नेहरूमा पनि त्यही प्रवृत्ति दोहोरिएको देखियो ।

बालबालिकालाई उनीहरूको सहमतिमै पनि राजनीतिक प्रयोजनमा प्रयोग गर्नु राष्ट्रिय कानुनका साथै अन्तर्राष्ट्रिय मापदण्डविपरीत हुन्छ । नेपालले अनुमोदन गरेको विभिन्न राष्ट्रसंघीय महासन्धि र अनुबन्धहरूमा बालबालिकालाई राजनीतिक स्वार्थमा गर्नुलाई बाल अधिकार हननका रूपमा परिभाषित गरिएको छ । 

Royal Enfield Island Ad

बालबालिकालाई जुलुसमा जाने अनुमति दिने शिक्षक पनि यस प्रकरणमा चन्द समूहका कार्यकर्ता जत्तिकै दोषी छन् । हिंसात्मक गतिविधिमा संलग्न समूहका कार्यकर्ताले बाल अधिकारको सम्मान नगर्नु अनुचित भए पनि अस्वाभाविक देखिँदैन । तर, माध्यमिक विद्यालयका शिक्षकसमेत बाल अधिकारको रक्षामा संवेदनशील नहुनु भने आपत्तिजनक हो ।

संस्था, व्यक्ति र शासकको संस्कारमा मानवीय एवं जनमुखी सुधार नहुने हो भने राजनीतिक पद्धतिमा भएको परिवर्तन जनताका लागि अर्थहीन हुन्छ । भिडको राजनीति गर्नेहरूले भने अरूको अधिकारको सम्मान गर्न र जनताको सुविधाको  ख्याल राख्नुपर्छ भन्ने नै ठान्दैनन् । हेटौँडामा देखिएको बाल अधिकार हननको दृश्यले यसैको पुष्टि गर्छ ।

अबको केही समय देशमा भिडको राजनीति फेरि बढ्ने निश्चितै छ । आफूलाई राजनेता ठान्ने भिडतन्त्रका नाइकेहरू जसरी पनि भिड जुटाउने होडमा बालबालिकाको शोषण गर्न हिचकिचाउने छैनन् । यसैले बाल अधिकार रक्षाका क्षेत्रमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरू त्यसको निगरानी गर्न विशेष सजग हुनुपर्ने देखिन्छ । 

राजनीतिक दलका नेताहरूलाई सचेत गरेरमात्र पुग्दैन । तिनका कार्यकर्ताले गरेका बालअधिकार हननका लागि उत्तरदायी पनि बनाउनुपर्छ । यसैगरी बालबालिकाका मञ्चहरू र अभिभावकका संस्थालाई पनि बाल अधिकार हननविरुद्ध सशक्तरूपमा प्रस्तुत हुन मानव अधिकार रक्षकहरूको साथ र प्रेरणा आवश्यक छ ।

बाल अधिकारकाे रक्षाका लागि यस्ताे बेलामा राज्यका संयन्त्रहरूले विशेष सजग भएर  निगरानी र प्रतिवाद गर्नुपर्छ । भिडतन्त्रका नाइकेहरूले बुझ पचाइरहनेछन् भने बालबालिका पीडित भइरहनेछन् । राजनीतिक संस्कारमा  सुधार हुने सम्भावना नदेखिए पनि बालबालिकालाई त भिडतन्त्रको क्रूरताबाट जोगाऊँ !  
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७  १३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro