बाह्रखरी
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
सम्पादकीय प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
सम्पादकीय प्रधानमन्त्री ओलीको ‘सन्त्रास’ सुरक्षा जोखिमको हल्ला सहानुभूति पाउन गरिएको सस्तो प्रचारवाजीमात्र हुनसक्छ  
बाह्रखरी - मंगलबार, फागुन १८, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफू खतरामा भएको सार्वजनिक घोषणा गर्नु भने जानाजान सन्त्रास फैलाउने प्रयत्नजस्तो देखिएको छ । प्रधानमन्त्री ओलीले पोखरामा आयोजित कार्यक्रममा सोमबार आफूमाथि ‘शारीरिक हमला’ हुनसक्ने, आफ्नो ‘ज्यान तलमाथि‘ हुनसक्ने भन्दै पार्टीका कार्यकर्तालाई तर्साउने र उत्तेजित गराउने कार्य गरेका छन् । 

मारिने डर लाग्नु एक प्रकारको मानसिक स्थिति हो । मानसिक अवस्था कमजोर भएमा व्यक्तिले विनाकारण यस्तो डर मान्न वा प्रकट गर्न थाल्छ । उसले आफूलाई लागेको डर मानसिक अवस्थामात्र भएको थाहा पाउँदैन । जनमानसलाई भ्रममा पारेर आफ्नो अभिष्ट पूरा गर्न चाहनेहरूले भने जानाजान सन्त्रास फैलाउने चेष्टा गर्छन् । 

Agani Group

नागरिकको जीवन र सम्पत्तिको रक्षा राज्यको प्रमुख र प्राथमिक दायित्व हो । सरकारका सबै अङ्ग र निकायको पनि मूल कर्तव्य यही नै हो । यस अर्थमा खड्गप्रसाद शर्मा ओलीको जीवन रक्षा पनि प्रधानमन्त्री ओलीकै जिम्मेवारी हो । जनताको भय दोहनको नियतले नै भनिएको भए पनि प्रधानमन्त्री ओलीको यस अभिव्यक्तिले उनकै अक्षमताको पोल खोलेको छ । 

देशको प्रमुख कार्यकारीको यस्तो अभिव्यक्तिले सुरक्षा निकायको मनोबलमा पनि चोट लागेको हुनुपर्छ । यही कारणले सुरक्षा निकायका पूर्व र बहालवाला अधिकारीहरूले प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति आश्चर्य र आक्रोश प्रकट गरेको हुनुपर्छ । 

sarbottam cement

हुनत, सुरक्षा मामिलाका जानकार धेरैले प्रधानमन्त्री ओलीको सन्त्रासको अभिव्यक्तिलाई जनसहानुभूति बटुल्न गरिएको सस्तो र पाखण्डपूर्ण प्रचारवाजी मानेका छन् । परन्तु, उच्च सुरक्षा घेरामा रहने प्रधानमन्त्रीले साँच्चै नै आफू असुरक्षित भएको ठानेकै हुन् भने तत्काल सुरक्षा कमजोरी केलाएर आवश्यक प्रबन्ध मिलाइहाल्नुपर्छ । 
साँच्चै नै प्रधानमन्त्री ओलीले डर देखाएजस्तै उनको ज्यान ‘तलमाथि’ भयो भने त देशकै सुरक्षा व्यवस्थामा अविश्वास उत्पन्त हुनेछ । यसैले ज्यानै जोखिममा पर्नेगरी सुरक्षा व्यवस्थाले थेग्न नसक्ने हो भने  उनलाई सार्वनिक कार्यक्रममा जानसमेत रोक्नेसम्मका विकल्प सुरक्षा निकायले प्रयोग गर्नुपर्ने हुन्छ ।  

धेरैले विश्वास गरेजस्तै यो सन्त्रास फैलाउने अभिव्यक्ति सहानुभूति पाउन गरिएको सस्तो प्रचारवाजीमात्र हो भने यो चरम गैरजिम्मेवार कार्य हो । यसैले कि त प्रधानमन्त्री ओलीले देशका सुरक्षा निकायहरूको साख र मनोबल गिराउने आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्छ नभए उनलाई सुरक्षा जोखिम बढी हुने सार्वजनिक सभाहरूमा जान रोक्नुपर्छ । 

सस्तो प्रचार पाखण्ड महँगो नपरोस् १     
 
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, फागुन १८, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्