site stats
बाह्रखरी :: Baahrakhari
नेपाल राष्ट्र बैंक
नेपाली उत्पादनको प्रवर्द्धन गर्दै भाटभटेनी (तस्बिरसहित)

काठमाडौं । भाटभटेनी सुपर मार्केटले दर्जनौं नेपाली उत्पादनलाई प्रवर्द्धन गरिरहेको छ । बालुवाटारमा रहेको भाटभटेनी सुपर मार्केटले नेपालमै उत्पादन भएका दर्जनौं उत्पादनलाई प्रवर्द्धन गर्ने आइतबार एक कार्यक्रम गरी जनाएको छ ।

पछिल्लो समय नेपाली उत्पादनलाई भाटभटेनीले आफ्ना आउटलेटहरुमा महत्वका साथ स्थान दिएको कार्यक्रममा जनाइयो । नेपाली उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले सोमबार नेपाली चलचित्र ‘कबड्डी-४’ का कलाकार दयाहाङ राई, उपाशना सिंह ठकुरी, विल्सनविक्रम राई, विजय बराल र बुद्धि तामाङको उपस्थितिमा कार्यक्रम गरिएको थियो । 

भाटभटेनीका खुद्रा व्यापार विश्लेषक सुजन गुरुङले मेड इन नेपाल रहेको ‘एरिया’ मा ‘कबड्डी-४’ का कलाकारहरुलाई विस्तृत जानकारी गराएकी थिइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘नेपाली उत्पादनलाई माया गरौं’ भन्ने नारासहित बालुवाटारमा रहेको भाटभटेनीमा ‘मेड इन नेपाल २०२१’ अभियानअन्तर्गतको दोस्रो चरणको कार्यक्रम गरिएको भाटभटेनीकी प्रतिनिधि कामना गुरुङले जानकारी दिइन् । उनले नेपाली उत्पादनको प्रवर्द्धनमा भाटभटेनी सदैव सकारात्मक रहेको जानकारी दिइन् । कलाकारहरुले पनि नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजारमा स्थान पाउनेमा ढुक्क रहेको भन्दै शुभकामना दिएका थिए ।
हेरौं थप तस्बिर :
 

प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  २०:२७
प्रतिक्रिया दिनुहोस्