site stats
बाह्रखरी :: Baahrakhari
देश
करणी उद्योगका आरोपित नेपाल-भारत सीमाबाट पक्राउ

विराटनगर  । प्रहरीले जबर्जस्ती करणी उद्योगका एक आरोपीलाई पक्राउ गरेको छ । मोरङको जहदा गाउँपालिकाकी अविभावकविहीन ११ वर्षीया बालिकामाथि जबर्जस्ती गर्ने ४५ वर्षीया राजेन्द्र सरवरियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुनसरीको साहेबगन्जको नेपाल-भारत सीमा नजिकबाट पक्राउ गरिएको हो । पीडितको पक्षबाट उनकी ठूलीआमा ३८ वर्षीया पार्वतीदेवी मुखियाले किटानीसहित प्रहरीमा जाहेरी दिएकी थिइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले सरबरियालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको बताए । जहदा गाउँपालिका १ स्थित धुनिटोलमा ११ वर्षीया बालिकामाथि बलात्कार भएको आफन्तको दाबी छ ।

गाउँमा एक सातासम्म ‘गुपचुप’ पारिएको घटनालाई प्रहरीले गम्भीर रुपमा लिएको बताइएको छ । सरबरिया साहेबगन्ज हुँदै भारतको दिल्ली जाने र त्यहाँबाट जाहेरी दिनेलाई बदला लिने धम्की दिने गरेको आफन्तको भनाइ छ । 

जहदा गाउँपालिका १ को राजवंशी टोलमा गत माघ २६ गते एक युवतीलाई अपहरण गरी बलात्कार भएको थियो । पिसाब फेर्न बाहिर निस्केको बेला मोटरसाइकलमा आएका दुई युवाले आफूलाई बलात्कार गरेर फेरि घरमै ल्याएर छाडिदिएको पीडित १४ वर्षीया किशोरीले बताएकी छन् । घटनामा संलग्न रहेका भनिएका जितेश यादव र अजय धोभिया भने फरार छन् । उनीहरुलाई भगाउन सहयोग गरेको आरोपमा स्थानीय लंकाटोलका उदयानन्द सरवरियलाई प्रहरीले पक्राउ गरेको हो । 

प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  १५:०५
प्रतिक्रिया दिनुहोस्