site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
०७२ सालको भूकम्पको कहालीलाग्दो दृश्य समेटिएको ‘दिल धडक धडक’ युट्युबमा

काठमाडौं । नेपालमा ०७२ सालमा गएको विनाशकारी भूकम्पको दृश्यहरु समेटिएको दक्षिण भारतीय चलचित्र ‘दिल धडक धडक’ युट्युबमा रिलिज भएको छ । यही फेब्रुअरी २६ तारिखमा युट्युबमा आएको यस चलचित्र अहिले चर्चामा छ । रिलिज भएको दुई दिनमै यो चलचित्रले लाखौँ भ्युज पाइसकेको छ ।

हालसम्म यो चलचित्र एक करोड ७५ लाखभन्दा बढीपटक हेरिएको छ । चलचित्र सुरुवातको केही सेकेन्डमै नेपालको सुन्दर भक्तपुर दरबार स्क्वायरको दृश्य देख्न सकिन्छ । पृष्ठभूमिमा अभिनेताले उनको जिन्दगीमा नेपालको विशेष महत्व रहेको भन्दै गरेको सुन्न पाइन्छ । अभिनेता र अभिनेत्री एक वर्षपछि नेपालमा भेट्ने भनेकै दिन भूकम्प आउँदछ । चलचित्रमा भूकम्प गएको क्षणको कहालीलाग्दो दृश्यहरु समेटिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चलचित्र भक्तपुर, स्वयम्भूलगायत नेपालका विभिन्न ठाउँमा छायांकन गरिएको छ । भूकम्पको सम्दर्भ भए पनि चलचित्र भने प्रेमकथामा आधारित छ ।

हनु राघवपुडीको निर्देशनमा बनेको यस चलचित्रमा सर्वानन्द, साई पल्ल्वी, प्रिया रमन र सम्पथ राजको मूख्य भूमिका रहेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  १२:५०
प्रतिक्रिया दिनुहोस्