साहित्य

काठमाडौं । समाजसेवी चिकित्सक डा. शंकरप्रसाद उप्रेतीको निधन भएको छ । उनको ८७ वर्षको उमेरमा निधन भएको हो ।
तेह्रथुमको आठराई मूल थातथलो रहेका डा. शंकरप्रसाद उप्रेतीले राजस्थानको जयपुरस्थित मेडिकल कलेजबाट एमबीबीएसको अध्ययन पूरा गरेका थिए ।
एमबीबीएस सकाएर १० वर्ष सरकारी सेवामा काम गरेका डा. उप्रेतीले अर्को ४० वर्ष झापाको शनिश्चरेमा बसोबास गरी त्यस क्षेत्रका बिरामीहरुको निःशुल्क उपचार गरेका थिए ।
५० वर्षसम्म बिरामीहरूको सेवा गरेका डा. उप्रेती राष्ट्रिय सभाका पूर्व सदस्य पनि हुन् । पछिल्लो समय पूर्णतः अवकास जीवन विताउँदै आएका डा. उप्रेती केही समयदेखि अस्वस्थ थिए ।
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७ ११:२५
प्रतिक्रिया दिनुहोस्