site stats
बाह्रखरी :: Baahrakhari
देश
त्रिवेणीघाटमा एकमहिने माधवनारायण मेला सम्पन्न
सबै तस्बिर : सुनील प्रधान/बाह्रखरी

भक्तपुर । भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा लागेको एकमहिने माधवनारायण मेला एवं व्रत आजबाट समापन भएको छ ।  

नेपाल संवत्‌को आठौँ शताब्दीदेखि सुरु भएको भक्तपुर नगरपालिकास्थित हनुमानघाटमा हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि सुरु भई माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेला आजबाट सम्पन्न भएको हो । नेसं ७२२ मा रणजीत मल्ल आफैँले व्रतको व्यवस्थापन गरिएका शिलालेखमा उल्लेख गरिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेकाले यहाँ ब्रत बस्ने गरेको पुजारी चीरञ्जनराज राजोपाध्यायले बताए । त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्दै शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गरी व्रत एवं मेला समापन गरिएको उनले जानकारी दिए । कोरोना भाइरस महामारीका कारण यस वर्ष मेला सञ्चालनमा भने प्रभाव परेको उनले जानकारी दिए ।

राम, लक्ष्मण वनबास आउँदा दही चिउरा खाने क्रममा पानीको व्यवस्था गर्न हनुमानले आफ्नो पुच्छरले खाल्डो बनाएर पानी निकालेको र उत्तर, दक्षिणबाट आएको खोला एवं हनुमानले पुच्छरबाट पानी निकालेपछि आएको मूलको पानी मिश्रित हुने भएकाले पनि यस क्षेत्रलाई त्रिवेणीघाट भन्ने प्रचलन छ ।

व्रतालुले औंसीदेखि नै खाली खुट्टा पैदल नै तीलमाधवबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नान गरी इन्द्रेश्वर महादेवको दर्शन गरी अष्टमीमा फर्कने, दशमीमा पशुपति गएर स्नान गरी जल चढाएर जयबागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा गर्ने, द्वादशीमा चाँगुनारायण शंखदहमा स्नान गरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पूर्णिमाका दिन नगर परिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर व्रत समापन गरिएको हो । -रासस
सबै तस्बिर : सुनील प्रधान/बाह्रखरी

प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७  १९:५५
प्रतिक्रिया दिनुहोस्