site stats
बाह्रखरी :: Baahrakhari
देश
पहाडी क्षेत्रमा चट्टयाङसहित वर्षाको सम्भावना
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागहा मौसम सफा  रहेको छ । तराइका केही स्थानमा हल्का कुहिरो हुस्सु लागेको छ । 

आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । विभागका अनुसार पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ । 

आज राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको विभागले पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको बताएको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
 

प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७  ०७:२५
प्रतिक्रिया दिनुहोस्