site stats
बाह्रखरी :: Baahrakhari
विदेश
मोडेर्नाले नयाँ प्रकारको कोरोना भाइरसका लागि बुस्टर खोप बनाउँदै 

वासिङटन । कम्पनी मोडेर्नाले अहिले अमेरिकी सरकारका वैज्ञानिकहरुसँग कोरोनाको नयाँ प्रकारको भाइरसलाई लक्षित गर्दै अनुसन्धानात्मक बुस्टर खोप बनाउनमा काम गरिरहेको जानकारी दिएको छ । त्यस्तै कोभिडको खोप भने यस वर्ष भित्रमा १० करोड डोज उत्पादन गरिसक्ने बताएको छ । 

यस अमेरिकी बायोटेक कम्पनीले बुस्टर खोपका लागि कच्चा पदार्थ उत्पादन गरिसकेको छ । कोरोना भाइरसको परिमार्जित स्वरुप पहिले दक्षिण अफ्रिकामा फेला परेको थियो र अर्को छुट्टै नयाँ प्रकार बेलायतबाट पनि फैलिरहेको छ । यो सुरुवाती भाइरस भन्दा धेरै संक्रमक हुने गरेको विज्ञहरुले बताएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मोडेर्नाले यो बुस्टर खोपको थप अध्ययनका लागि आफूलाई कोभिड खोप निर्माण गर्न मद्दत गर्ने अमेरिकाको ‘नेस्नल इन्स्च्यिुट अफ हेल्थ’ लाई यो बुस्टर खोप पठाइसकेको छ । 

मोडेर्नाले नयाँ रुपान्तरित भाइरस विरुद्ध लड्न थुप्रै सम्भावित तरिकाबारे खोजी गरिरहेको छ । मोडेर्नाले अहिलेसम्म ६ करोड डोज वितरण गरिसकेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  १६:२०
प्रतिक्रिया दिनुहोस्