site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोभिड–१९ का कारण मृत्यु भएका १०० जना तथ्यांकमै आउन बाँकी
Ghorahi CementGhorahi Cement

काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या अझै यकिन गर्न बाँकी रहेको जनाएको छ । कोभिड–१९ का कारण मृत्यु भएकाको संख्या अध्यावधिक गर्ने काम भइरहेको र झन्डै १०० जनाको विवरण आउन बाँकी रहेकाले संख्या थपिनसक्ने महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले बताए ।

डा. पौडेलका अनुसार ‘कोभिडका कारण मृत्यु भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै व्यक्तिगत विवरण नआएसम्म यसअघि मृतकको तथ्यांकमा राखेको थिएन ।’ मृतकको तथ्यांक नेपाली सेना र मन्त्रालयको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले राख्दै आएकोमा यसअघि तथ्यांक मिलेको थिएन ।

Agni Group

सीसीएमसीका एक अधिकारीले भने, “हामीलाई कोभिडका कारण यति जनाको मृत्यु भएको हो भन्ने तथ्यांक आइरहेको थियो । तर, उनीहरुको विस्तृत विवरण नआईकन सार्वजनिक गर्ने अवस्था थिएन । अझै पनि सीसीएमसीको आठजनाको टोलीले डाटा भेरिफिकेसनको काम गरिरहेको छ मृतकको संख्या थपिनसक्ने सम्भावना छ ।”

फागुन पहिलो सातायता नियमितजस्तो कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या शून्य भइरहेका बेला मन्त्रालयले बुधबार एकैपटक थप ६१८ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको थियो । बिहीबार पनि मृतकको संख्या थप ८२ जना पुष्टि भएको मन्त्रालयको तथ्यांक छ । योसँगै नेपालमा कोभिड–१९ कारण मृत्यु हुनेको संख्या दुई हजार ७६७ पुगेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  १७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC