site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
अन्जु र थीर बाँधिए विवाह बन्धनमा

काठमाडौं । गायिका अञ्जु पन्त विवाह बन्धनमा बाँधिएकी छिन् । थीर कोइरालासँग उनले आज विवाह गरेकी हुन् । पाटनको एक चर्चमा उनीहरुले विवाह गरेका हुन् । अञ्जु र थीर दुवै क्रिस्चियन हुन् । 

केही समय अगाडि थीरले आफूहरु विवाह गर्ने तयारीमा रहेको तर  मिति तय नभइसकेको बताएका थिए । आफूहरु एक वर्षदेखि प्रेम सम्बन्धमा हरेको थीरले बताएका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अन्तर्वार्ताका क्रममा केही वर्ष अगाडि उनीहरुबीच चिनजान भएको थियो । थीर अञ्जु पन्त फाउन्डेसनमा सचिवको रुपमा काम गर्दै आएका थिए । 

इलाम घर भएका थीर दुई दशक यता काठमाडौंमा बस्दै आएका छन् । 

 

प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  २१:२०
प्रतिक्रिया दिनुहोस्