बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कोभिड उपचारमा ‘पल्स अक्सिमिटर’ ले गाढा रङको छालामा काम नगर्न सक्छ
Godraj nepal
Godraj nepal
बाह्रखरी - बुधबार, फागुन १२, २०७७
Laxmi Bank
Laxmi Bank

सीएनएन । कोभिड-१९ विरुद्धको लडाइँमा ‘पल्स अक्सिमिटर’ स्वास्थ्यकर्मीहरूका लागि अत्यन्तै महत्त्वपूर्ण साधन रहँदै आएको छ । तर अमेरिकामा सरकारी स्वास्थ्य एजेन्सीहरूले हालै सञ्चालन गरेका विभिन्न अध्ययनमा, अक्सिजनको स्तर मापन गर्ने यो डिभाइस कालो या गाढा रङको छाला भएकाहरूमा काम नगर्ने पत्ता लागेको हो । 

पल्स अक्सिमिटर एउटा सानो मेडिकल डिभाइस हो जसलाई बिरामीको औँलामा राखेर रगतमा अक्सिजनको मात्रा निरीक्षण गरिन्छ । कोभिड-१९ श्‍वासप्रश्‍वाससम्बन्धी रोग भएको हुँदा यसले सीधै फोक्सोमा असर पुर्‍याउँछ । त्यसैले कम अक्सिजन हुनु भनेको बिरामीको अवस्था चिन्ताजनक हुँदै जानुको संकेत हो । यसकारण प्यान्डेमिक सुरु भएदेखि पल्स अक्सिमिटरको प्रयोग अत्याधिक बढेको छ तर यसले छाला हेरेर अनुचित नतिजा देखाउन सक्ने अमेरिकाको खाद्य तथा औषध विभाग (एफडीए) ले चेतावनी दिएको हो ।
 
अघिल्लो साता अमेरिकाकै रोग नियन्त्रण तथा रोकथाम केन्द्र, सीडीसीले पनि कोरोना भाइरससम्बन्धी क्लिनिकल दिशानिर्देशमा डाक्टर र नर्सहरूलाई सचेत गराउँदै थुप्रै अध्ययनहरुमा छालाको रङले डिभाइसको नतिजा प्रभावित हुन सक्ने बताएको थियो ।

Agani Group

एफडीएमा उत्पादन मूल्यांकन तथा गुणस्तरतर्फका निर्देशक डा. विलियम मेइसलले भनेका छन्, “पल्स अक्सिमिटर रगतमा अक्सिजनको स्तर नाप्न अत्यन्तै उपयोगी हुन सक्छ तर यो उपकरणको लाभ सीमित मात्र रहेको पत्ता लाग्यो जसले सजिलै अनुचित नतिजा देखाउन सक्छ ।” ‘न्यु इङ्ल्यान्ड जर्नल अफ मेडिसिन’ मा प्रकाशित यसैसम्बन्धी रिसर्चलाई ‘युनिभर्सिटी अफ मिचिगन’ का डा. माइकेल जोडिङ र उनका सहकर्मीहरूले दश हजार बिरामीको तथ्यांकसँग विश्लेषण गरेका हुन् । यसमा उनीहरूले प्रत्येक बिरामीमा पल्स अक्सिमिटर र अर्को ‘आर्टेरियल ब्लड ग्यास’ (सटिक नतिजा देखाउने तर दुखाउने प्रक्रिया) : यी दुईका नतिजा तुलना गरेका हुन् ।

यसमा उनीहरूले पल्स अक्सिमिटरले चिन्ताजनक अक्सिजनको स्तरलाई कुन स्तर अनि कतिपटकसम्म सामान्य देखाउन सक्दो रहेछ भनेर परीक्षण गरेका थिए । जसपछि गोरो छाला भएका बिरामीमा अक्सिमिटरले गलत नतिजा देखाउने दर ३.६ रहेको पाइयो भने गाढा या कालो छाला भएकाहरूमा चाहिँ यसले ११.७ प्रतिशत समय गलत डाटा देखाउने गरेको पत्ता लागेको हो । डाक्टर जोदिङका अनुसार यसको अर्थ अक्सिमिटरले कालो छाला भएकाहरूमा अक्सिजनको मात्रा उल्लेखनीय रुपमा कम भएको या ‘हाइपोक्जिमिया’ को अवस्थालाई नदेखाउने सम्भावना तीन गुणा बढी हुन्छ । यसको अर्थ गोरो छाला नभएका दशमध्ये एक बिरामीमा यसले गलत नतिजा देखाइरहेको हुन सक्छ । 

sarbottam cement

किन हुन्छ त यस्तो ?

वास्तवमा पल्स अक्सिमिटरले हाम्रो औंलामार्फत दुई प्रकारको ‘रातो लाइट’ पठाएर काम गर्छ । यसमा डिभाइसको अर्कोपट्टि हुने सेन्सनरले त्यही लाइट लिन्छ र त्यसलाई रगतको रङ पत्ता लगाउनमा प्रयोग गर्दछ । बिरामीको गाढा रातो रगत छ भने त्यसमा अक्सिजनको मात्रा पर्याप्त छ भन्ने बुझिन्छ र नीलो या पर्पल जस्तो देखिने रगत छ भने त्यसमा अक्सिजन कम छ भनेर थाहा हुन्छ । त्यसैले डिभाइस गाढा रङको छालामा काम गर्न सक्ने किसिमले निर्माण नगरिएको अवस्थामा छालाले सोस्ने ‘लाइट’ को रङ प्रभावित हुन सक्छ । गाढा खालको नङ पालिसले पनि त्यस्तै असर देखाउँछ । 

प्रायः अनुभवी फिजिसियनहरू उपचारका बेलामा अक्सिमिटरमै मात्र निर्भर नहुने गरेको डा. मिसेल बताउँछिन् । तर प्यान्डेमिकको समयमा अस्पताल पहिले नै अति व्यस्त हुन्छ अनि स्वास्थ्यकर्मीहरू पनि बिरामीको चापले थकित भएका हुन्छन् । त्यस्तै अरु बेलामा कहिल्यै इमर्जेन्सीमा नबस्ने डाक्टरहरूले बिरामीलाई हेर्नुपर्ने हुन सक्छ । त्यस्तो स्थितिमा अक्सिमिटरको महत्त्व धेरै हुने उनले बताइन् । विशेषगरी बिरामीको रगतमा अक्सिजनको मात्रा अन्तिम सीमामा पुगेको छ भने धेरै गम्भीर समस्या उत्पन्न हुन सक्छ । त्यसैले कहिलेकाहीँ बिरामीले अक्सिमिटरको तथ्यांक ठीक आइरहँदा पनि आफूलाई अफ्ठ्यारो परेको बताइरहेका छन् भने त्यसलाई बेवास्ता गर्न नहुने उनी बताउँछिन् । 

त्यसैगरी डाक्टरहरू मात्र नभएर अस्पतालमा ठाउँ नपाएर घरमै आइसोलेट भएर बसेका बिरामीहरू अनि सामान्य व्यक्तिले पनि सहज स्वास्थ्य परीक्षणका लागि अक्सिमिटरको अधिक प्रयोग गर्ने गर्छन् । अमेरिकामा मात्र पल्स अक्सिमिटरको बिक्री दर कोरोना सुरु भएदेखि ५०० प्रतिशतले बढेको छ । त्यसैले डाटा (तथ्यांक) उचित नदेखाउनु गम्भीर समस्या हुन सक्ने बताइएको छ । उता इन्टेक नर्सहरूले र इमर्जेन्सी मेडिकल प्राविधिकहरुले पनि हतपति त्यस किसिमको गल्ती पहिचान गर्न सक्दैनन् ।
 
यसअघि जनवरीमा अमेरिकी केही सिनेटहरूले यससम्बन्धी ध्यान दिन भनेर एफडीएलाई पत्र लेखेका थिए जसपछि एफडीएले अक्सिमिटरलाई विभिन्न किसिमका छालामा परीक्षण गर्न लगाइरहेको छ । यसका साथै एफडीएले अहिले उपलब्ध सबै तथ्यांकलाई सावधानीपूर्वक विश्लेषण गरी यससम्बन्धी अतिरिक्त दिशानिर्देश जारी गर्नुपर्छ/पर्दैन भनेर पनि निर्धारण गरिरहेको छ । यसले हालै मात्र सबै किसिमको छालामा काम गर्ने स्मार्टफोन पल्स अक्सिमिटरलाई स्वीकृत गराएको हो । सीएनएनबाट

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, फागुन १२, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्