site stats
बाह्रखरी :: Baahrakhari
विशेष
मन्त्रिपरिषद् बैठक : विप्लव समूहबारे छलफल
तस्बिरः प्रधानमन्त्रीको सचिवालय ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । मन्त्रिपरिषद्को बैठकमा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)बारे छलफल भएको छ ।

२०७५ फागुन २८ गते प्रतिबन्ध घोषणा गरिएको विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा फर्काउनेबारे छलफल भएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले जानकारी दिए । “विप्लव समूहबारे छलफल भयो । एक–दुई दिनभित्रै वार्ता आह्वान होला । त्यसका लागि सरकारले वातावरण पनि बनाउँला,” उनले बाह्रखरीसँग भने, “अरू नियमित एजेन्डामा छलफल भयो ।”

आजै मात्र सुरक्षा परिषद्को बैठक बसेको थियो । बिहान बसेको सुरक्षा परिषद् बैठकले पनि विप्लवकै गतिविधिबारे छलफल गरेको थियो । निर्वाचन सुरक्षाका विषयमा पनि छलफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीनिकट स्रोतले भन्यो ।

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १४:४२
प्रतिक्रिया दिनुहोस्