site stats
बाह्रखरी :: Baahrakhari
देश
ललितपुरमा ट्राफिक चेकिङ छल्न खोज्दा बसको ठक्करबाट महिलाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । ललितपुरमा ट्राफिक चेकिङ छल्न खोज्दा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । जावलाखेल चोकमा बसले ठक्कर दिँदा महिलाको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक महाशाखाका एसएसपी जनकराज भट्टराईका अनुसार बा.२ख ३५७४ नम्बरको बसले प्रदेश ३-०२–०१० प ५५८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । उनले भने, “हाम्रो नियमित चेकिङ थियो । उहाँले त्यसलाई छल्न खोज्दा भैंसीपाटी जाँदै गरेको बसले स्कुटरलाई ठक्कर दियो । त्यसक्रममा ज्यान गएको हो ।”

मृतकको पहिचान खुलेको छैन । घटना हुनुमा ट्राफिक प्रहरीको कमजोरी नभएको एसएसपी भट्टराईले दाबी गरे । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको साथमा लाइसेन्स नभेटिएको र त्यसैकारण भाग्न खोजेको हुनसक्ने प्रहरीको दाबी छ ।

प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १५:५९
प्रतिक्रिया दिनुहोस्