site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
शशीको ‘उठ तिलोत्तमा’ लोकार्पित 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । कथाकार शशी थापा पण्डितको नवीनतम कथाकृति ‘उठ तिलोत्तमा’ एक समारोहका बीच लोकार्पण गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा कथाकार थापाको कृति साहित्यकार महेश प्रसाईंले सार्वजनिक गरे ।

कार्यक्रममा समालोचक ज्ञानु अधिकारीले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गरेकी थिइन् । उनले ‘उठ तिलोत्तमा’का कथाहरूमा मिथकको प्रयोग गरिएको बताइन् ।

कार्यक्रममा साहित्यकारहरु प्रमोद प्रधान, युवराज नयाँघरे, राधेश्याम लेकाली, विजयध्वज थापा, प्रकाश घायल, घनश्याम पुडासैनी, सरु सुवेदीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७  १५:४०
प्रतिक्रिया दिनुहोस्