site stats
बाह्रखरी :: Baahrakhari
विदेश
दुई साताभित्र २० लाख डोज खोप ल्याइन्छ : स्वास्थ्यमन्त्री
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले अबको दुई साताभित्र कोभिड–१९ विरुद्धको २० लाख डोज खोप ल्याइसक्ने बताएका छन् ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले खोप खरिदका लागि भारतको सिरम इन्स्टिच्युट अफ इन्डियालाई रकम पठाइसकेको जानकारी दिए ।

सरकारले भारतबाट प्रतिखोप चार अमेरिकी डलरका दरले २० लाख डोज खोप ल्याउन लागेको हो । आउँदो जुन महिनासम्म सबै नागरिकलाई खोप दिइसक्ने सरकारको योजना छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  १३:५२
प्रतिक्रिया दिनुहोस्