site stats
बाह्रखरी :: Baahrakhari
खेल
च्याम्पियन एपीएफको संघर्षपूर्ण जित 

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलको च्याम्पियन टोली एपीएफले संघर्षपूर्ण जित निकालेको छ । 

बुधबार भएको खेलमा विराटनगर महानगरपालिकालाई १–० गोलले पराजित गर्दै एपीएफले अपराजित यात्रालाई कायम राखेको हो । 
एन्फा कम्प्लेक्स सातदोबाटोमा एपीएफको जितमा अनिता केसीले निर्णायक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा अनिताले निर्णायक गोल गरेकी हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जितसँगै च्याम्पियन एपीएफले ११ खेलमा ३३ अंक जोडेको छ । दोस्रो स्थानको आर्मीले ११ खेलमा २६ अंक जोडेको छ ।

पराजित विराटनगर १६ अंकसहित तेस्रो स्थानमा छ । बुधबार भएको पहिलो खेलमा आर्मीले पुलिससँग १–१ गोलको बराबरी खेल्दा एपीएफले दुई खेल अगावै उपाधि रक्षा गरेको थियो । 
 

प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  १८:३९
प्रतिक्रिया दिनुहोस्