site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
उत्तर कोरियाली नेता किमकी पत्नी एक वर्षपछि सार्वजनिक रूपमा देखा परिन् 
Sarbottam CementSarbottam Cement

बीबीसी । उत्तर कोरियाली नेता किम जोङ उनकी पत्नी एक वर्षपछि पहिलोपटक सार्वजानिक रूपमा देखा परेकी छन् । राष्ट्रिय सञ्चारको रिपोर्ट अनुसार मंगलबार उनी किमका स्व. पिता किम जोङ–इलको जन्मदिनको अवसरमा आयोजना गरिएको कन्सर्टमा पतिसँगै देखा परेकी हुन् ।

रि–सोल्जु सबै प्रमुख समारोहमा किमका साथ देखा पर्ने गर्थिन् । तर, गत वर्षको जनवरीपछि उनी अचानक हराएकी थिइन् । त्यसपछि उनी गर्भवती भएको या स्वास्थ्यमा केही समस्या आएको हुन सक्ने आँकलन गरिएको थियो । दक्षिण कोरियाको गुप्तचर सेवाका अनुसार उनले कोरोनाका कारण पनि सार्वजनिक उपस्थिति नजनाएको हुन सक्छ र आफ्ना छोराछोरीसँग समय बिताइरहेको हुन सक्ने बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उत्तर कोरियाले अहिलेसम्म पनि आधिकारिक रूपमा कोभिड–१९ का कुनै संक्रमित नभएको बताउँदै आएको छ । जसलाई विज्ञहरुले भने असम्भव ठहर गरेका छन् ।

मंगलबारको कार्यक्रममा सबैले किम र सोल्जुको जोडीलाई ठूलो ताली बजाएर स्वागत गरेको थिए भने प्रकाशित तस्बिरमा पनि उनीहरु रमाइरहेको देख्न सकिन्छ । जसमा कसैले पनि मास्क नलगाएको र सामाजिक दूरीलगायत अपनाएको देखिएको छैन ।

Global Ime bank

रि–सोल्जु उच्चतम घरानाबाट आएको विश्लेषक छोङसङ छाङ बताउँछिन् । जसका बाबु प्रोफेसर थिए भने आमा पनि प्रसूतिविद् हुन् । मिडिया रिपोर्टमा उनी ३१ वर्षको भएको र पहिले गायिका समेत रहेको बताइएको छ । उनले सन् २००९ मा नेता किम जोङ उनसँग बिहे गरेको विश्वास गरिन्छ । सो विवाह स्व. किम जोङ–इल बिरामी परेपछि हतारमा आयोजना गराएको बताइन्छ । दक्षिण कोरियाली गुप्तचर निकायका अनुसार उनीहरुका तीन छोराछोरी छन् ।

त्यस्तै राष्ट्रिय सञ्चारले पहिलोपटक किमलाई ‘लिडर’ नभनेर ‘राष्ट्रपति’को रूपमा सम्बोधन गरेको बारेमा पनि अहिले चर्चा चलिरहेको छ । गत हप्ता उत्तर कोरियाको केन्द्रीय न्युज एजेन्सीले त्यसरी सम्बोधन गरेको हो । उत्तर कोरियामा किमका हजुरबुवा एवं देशका संस्थापक किम इल–सङलाई मात्र राष्ट्रपतिको रूपमा सम्बोधन गर्ने गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  १५:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC