
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा मनोरञ्जनरमण शर्मा चयन भएका छन् । नवनिर्वाचित सञ्चालकहरुको यही फागुन ३ गते बसेको बैठकले सञ्चालक मनोरञ्जनरमण शर्मालाई अध्यक्षमा मनोनयन गरेको हो ।
फागुन ३ गते सम्पन्न तेस्रो वार्षिक साधारणसभाले मनोरञ्जनरमण शर्मा, सुरेश सापकोटा, उमेशलाल श्रेष्ठ, सम्झना अर्याल र विश्वचन्द घिमिरे सञ्चालक निर्वाचित भएका थिए । साधारणसभा सम्पन्नसँगै बसेको कम्पनीको पहिलो सञ्चालक समितिको बैठकले आगामी चार वर्षको लागि अध्यक्षमा शर्मालाई मनोनयन गरेको हो ।
अध्यक्ष मनोनयनपछि बिमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिकाबमोजिम नवनियुक्त अध्यक्ष शर्मालाई बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा समितिमा पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए ।