site stats
बाह्रखरी :: Baahrakhari
खेल
बराबरीमा रोकियो बायर्न 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । साविक विजेता टोली बायर्न म्युनिख जर्मन बुन्डेसलिगा फुटबलमा बराबरीमा रोकिएको छ । सोमबार भएको खेलमा शीर्ष स्थानको बायर्नले रेलिगेसन क्षेत्रको अर्मेनियासँग ३–३ को बराबरी खेलेको हो ।

घरेलु मैदानमा बायर्नका लागि रोबर्ट लेवान्डोस्की, टोलिसो र अल्फन्सो डाभिसले एक÷एक गोल गरे । अर्मेनियाका मिचेल भिलाप, आमोस पिपर र क्रिस्टियन गेवाअरले एक÷एक गोल गरे ।

पहिलो हाफमा २–० को अग्रता बनाएको अर्मेनियाले दोस्रो हाफसम्म आफ्नो अग्रतालाई कायम राख्न सकेन । दोस्रो हाफमा बयार्नले ३ गोल गर्दा अर्मेनले मात्र एक गोल गरेको थियो । बराबरीसँगै बायर्नले २१ खेलबाट ४९ अंक जोडेको छ । बायर्नले शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको छ । अर्मेनिया १८ अंक जोडेर १६औँ स्थानमा छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  १०:२८
प्रतिक्रिया दिनुहोस्