साहित्य

पनौती । अक्षरमार्गले प्रकाशनमा ल्याएको तुयुकाजी ताम्राकारको छैठौँ कृति कविता संग्रह ‘लुकेको क्षितिज’ एक समारोहका बीच सार्वजनिक गरियो ।
बनेपा पनौतीमा आयोजित कार्यक्रममा जनमत वाङ्ममय प्रतिष्ठानका अध्यक्ष साहित्यकार मोहन दुवाल, अक्षरमार्गका अध्यक्ष सूर्यप्रसाद लाकोजू, स्रष्टा तुयुकाजी ताम्राकारले आफ्नो विचार राखेका थिए ।
प्रकाशित कृतिमाथि पनौती साहित्य समाजका अध्यक्ष रामसुन्दर देउजाले समीक्षात्मक टिप्पणी गरेका थिए ।
कार्यक्रममा लोकगायक मच्छेश्वर सापकोटा, लक्ष्मण सापकोटा, केशव थापा, धुवकृष्ण ताम्राकारले पनि बोलेका थिए ।
स्रष्टा ताम्राकारको यस अघि प्राचीन कथासंग्रह, नियात्रासंग्रहका साथै कवितासंग्रहहरु प्रकाशित छन् ।
प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७ २१:२४
प्रतिक्रिया दिनुहोस्