site stats
बाह्रखरी :: Baahrakhari
विदेश
विहारमा नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या, नुन र चिनी छर्केर जबरजस्ती शव जलाइयो

काठमाडौं । विहारको पूर्वी चम्पारण जिल्लामा १२ वर्षीया नेपाली मूलकी एक बालिकाको सामूहिक बलात्कारपछि हत्या गरेर शव जलाइएको छ ।

प्रारम्भिक अनुसन्धान र यसै विषयमा भाइरल भएको एउटा भिडियोले, यो घटनामा स्थानीय प्रहरीचौकीका थानाध्यक्षको हात भएको संकेत गरेको छ । भाइरल भिडियोमा थानाध्यक्ष सञ्जीव कुमारलाई अभियुक्त रमेश शाहले यसो भनिरहेको सुन्न सकिन्छ, “केटीको चिसोले निधन भएको लेखिदिएर मिलाइदिनुस् ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनी नेपालको बार्दिया जिल्ला बारबर्दिया नगरपालिकाका सुरेश (नाम परिवर्तित) की छोरी हुन् । एक छोरी एक छोरा र श्रीमतीसहित सुरेश विगत सात वर्षदेखि मजदुरीका लागि भारतको मोतिहारीको कुंडवजा चैनपुरमा बस्दै आएका छन् । 
घटना हुँदा सुरेशकी श्रीमती नेपाल आएकी थिइन् भने उनी मजदुरी गर्न निस्किीएका थिए । छोरा भने बजार गएका थिए ।
 
साँझ करिब ४ बजे छोरा डेरामा फर्किंर्दै गर्दा घरबेटी सियाराम साहले उनका छोरालाई रोक्न खोजे । तर घरबेटीको कुरा नकार्दै घर पुगेका उनले बहिनी घाइते भएर लडिरहेको देखे । त्यसपश्चात उनले तुरुन्तै बुबालाई बोलाए । र उपचारका लागि स्थानिय चिकित्सककहाँ लगियो । तर त्यहाँ कसैले पनि आफ्नो छोरीको उपचार गर्न नमानेको सुरेशले बताए । 

“म घर पुग्दा छोरी भुईंमा लडिरहेको देखेँ । उसको घाँटीमा रातो खत थियो । मैले उसलाई छिटोछिटो उपचारका लागि स्थानीय चिकित्सककहाँ लगें । तर यसको उपचार गर्न कोही पनि अघि सरेन,” सुरेशले दुखेसो पोखे ।

त्यसपछि त्यहाँ मानिसहरु जम्मा हुन थाले र शव जलाउन दबाब दिइयो । सुरेशका अनुसार देवेन्द्रकुमार साह नामका व्यक्तिले यदि शव चाँडै नजलाए सुरेश र उनको छोरालाई पनि मारेर फ्याँकिदिने धम्की दिए । र जबरजस्ती खाली कागजमा ल्याप्चे लगाउन लगाए ।

त्यसपश्चात रातिको १२ बजे पोखर सडकको किनारामा बलको प्रयोग गरी शवमाथि नुन र चिनी छर्केर जलाइयो । भोलिपल्ट बिहानै सुरेशलाई नेपालतिर लखेटियो ।

२१ जनवरीमा भएको यो घटनाको एफआईआर १२ दिनपछि (२ फेब्रअरी) मा बल्ल दर्ता भयो । कुण्डवा चैनपुरमा भारतीय दण्ड सहिंताको धारा १४९/३४२/४५०/३७६ (डी, बी), १२० (बी) / ३०२/२०१ अन्तर्गत मुद्दा दर्ता गरिएको छ । 
(सीटू तिवारी/बीबीसी हिन्दी)

प्रकाशित मिति: सोमबार, माघ २६, २०७७  १५:३९
प्रतिक्रिया दिनुहोस्