site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अर्थव्यवस्थाका थप संकट

झन्डै ८– ९ महिना लामो असहज बन्दाबन्दीको कारण थिलोथिलो भएर उठ्न लागेको देशको अर्थ व्यवस्था र जनजीवन फेरि पनि सत्तारूढ दलहरुको स्वार्थका कारण संकटमा परेको छ । न्यून आय भएको मुलुकको स्तरबाट मध्यम आय भएको मुलुकको श्रेणीमा उक्लने तयारीमा रहेको देशको अर्थ प्रणालीमा थप संकट देखिएको छ । देशको विकासस्तरमा पदोन्नति हुँदा त्यसका आफ्नै फाइदा भए पनि निजी क्षेत्र र निहित स्वार्थमा रूमल्लिएको नेतृत्वले स्तरोन्नतिमा जान रोकिरहेको देखिन्छ । अहिलेको निजी क्षेत्र, नीति निर्माता र देशको बागडोर समालेर बसेकाहरूको व्यक्तिगत स्वार्थको लागि समग्र देश नै बन्धक भएको छ । 


निजी क्षेत्र
निजी क्षेत्रको पहिलो उद्देश्य नै नाफा अथवा फाइदाको खोजी गर्नु हो । तर, त्यसका पनि सामान्य व्यावसायिक धर्म हुन्छन् । न्यून आय भएको गरिब मुलुकले पाउने व्यावसायिक फाइदा नै उनीहरूको सबैभन्दा ठूलो स्वार्थ हो । देशमा भएका उत्पादनको निर्यात र आयातमा पाइने विभिन्न छुट तथा सहुलियत व्यवसायीहरूको लागि लाभदायक हुन्छ । त्यसलाई सुक्ष्मरूपमा हेर्ने हो भने त्यसले समग्र  देशलाई भने खासै फाइदा भएके देखिँदैन । उत्पादनको निर्यातमा हुने छुटले हुने केही रकमको फाइदाबाहेक त्यसले देशको अर्थ प्रणालीलाई थोरैमात्र सहयोग गर्छ । अर्कातिर, नेपालको समग्र अर्थप्रणालीमा भने अन्तर्राष्ट्रिय बजारमा नेपाललाई कमजोर बनाउँछ र अन्तर्राष्ट्रिय कम्पनी तथा लगानीकर्तामा नेपालको बजारमाथि विश्वास हुँदैन र उनीहरु यहाँ लगानी गर्दैनन् ।  एकातिर अन्तर्राष्ट्रिय बजारमा नेपालको छवि कमोजर छ भने अर्कोतिर निजी क्षेत्रकै सक्रियतामा देशको लगानी बाहिर पठाउने, निहित स्वार्थको लागि संस्थागत भ्रष्टाचारमा मतियार हुने र नीतिगत तहमा प्रभाव पार्ने काम निरन्तर भइरहेको छ । वर्तमान सरकारको नेतृत्व गरेका व्यक्तिका नजिकका केही व्यवसायीको हर्कत र प्रभावलाई सामान्य उदाहरणको रूपमा लिन सकिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

दलगत स्वार्थ
निजी क्षेत्रले व्यावसायिक नाफा खोज्नु र सकेसम्म आफ्नो व्यवसाय प्रवर्धनको लागि नीतिगत प्रभाव पार्न खोज्नु त्यति हानिकारक नहोला तर देशको बागडोर संचालकका रूपमा रहेका राजनीतिक दलहरूको स्वार्थले सिङ्गो देशको अर्थ प्रणाली नै बर्बाद पारिदिन्छ । नीजि क्षेत्रको स्वार्थलाई नेतृत्वले विवेकपूर्णरूपमा नियन्त्रणका लागि समग्र देशको अर्थतन्त्रलाई ध्यान दिएर निर्णय लिन सक्नुपर्छ । 
हाल नेपालका राजनीतिक नेतृत्वमा देखिएको पद र अर्थ लोलुपताको कारण नेपालको सिङ्गो आर्थिक क्षेत्र नै संकटको भुमरीमा फसेको छ । लामो समय विश्व महामारी कोभिड(१९ को प्रभावका कारण थलिएको नेपालको अर्थतन्त्र फेरि राजनीतिक स्वार्थको चपेटामा परेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद एवं सत्ता स्वार्थको कारण पाँच वर्षको कार्यकालको लागि गठन भएको प्रतिनिधि सभा तीन वर्षमै भंग गरियो । एउटा पक्षले निर्वाचनमा जाने तयारी गर्ने र अर्को पक्षले संसद् पुनर्गठन गर्न आन्दोलन गर्दै आएको छ । प्रमुख विपक्ष रानो हराएको माहुरीजस्तो अलमलमा देखिन्छ । यो दुवै अवस्था देशको अर्थ प्रणालीलाई घाटा नै हुन्छ । तत्काल निर्वाचन गराउँदा प्रत्यक्ष ८ अर्बभन्दा बढी सरकारी ढुकुटीबाट खर्च हुन्छ भने त्यसको करिब १० गुणा अप्रत्यक्ष खर्च हुन्छ । त्यसले बजारमा तरला सिर्जाना गर्ने र बजारमूल्य बृद्धि लगायतका समास्या भोग्नुपर्ने हुन्छ । अर्कोतिर संसद् पुनःस्थापना भएमा फेरि अस्थिरता हुने र त्यसको भार पनि अर्थतन्त्रमा नै पर्न जान्छ । अतस् यी दुवै अवस्थामा देशको अर्थतन्त्र संकटमा नै जान्छ । 

सामाजिक संरचनामा आएको परिवर्तन
अहिले नेपालको सामाजिक संरचना र जीवनपद्धतिमा परिवर्तन भएको छ । हाम्रो जनसाङ्खिक संरचना परिवर्तन हुँदैछ । उत्पादनमुखी अर्थतन्त्र सेवा र वाह्य क्षेत्रमुखी भएको छ । एक चौथाइभन्दा बढीको हिस्सा वैदेशिक रोजगारीले धानेको छ भने कृषि क्षेत्रको हिस्सा बिस्तारै घट्दै गइरहेको छ । गाउँका उर्वर जमिन बञ्जर जङ्गलमा परिणत हुँदै गएका छन् भने बजार क्षेत्रको उब्जाउ जमिन खण्डीकरण गरिएको छ । नगरको जमिन र जग्गा व्यवस्थापन नीति घरजग्गा कारोबारीको पञ्जामा परेको छ । विगत दशकसम्म कम्तीमा मानिसहरू आफ्नो लागि उत्पादन गर्थे तर अहिले त्योसमेत बन्द भई पूरै किनेर खाने भएका छन् । युवा रोजगारी र सामाजिक प्रचलनका कारण वैदेशिक रोजगारीमा होमिने तथा देशभित्र अनुत्पादक जनसङ्ख्याको भार बढ्ने क्रम छ । त्यसले एकातिर बजारमा आवश्यक जनशक्तिको अभाव छ भने अर्कोतिर उत्पादनको लागि चाहिने स्रोतको अभाव छ । 

Global Ime bank

प्रविधि र बजार 
नेपालको अर्थतन्त्रको अर्को ठूलो संकट आधुनिक प्रविधि र संस्थागत बजारको अभाव पनि हो । नेपालमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नसक्ने उत्पादनका लागि चाहिने उन्नत प्रविधिको प्रयोग हुनसकेको छैन । त्यसको कारण मुख्यगरी सरकारी नीति र लगानी नै हो । बजार आफैँ आउन सरकारी नीति र प्रक्रियागत झन्झटले रोक्छ भने आफैँ ल्याउन लगानीले धान्दैन । त्यसैले देशको अर्थ व्यवस्थालाई थप मजबुत बनाउने हो भने प्रविधि हस्तान्तरण, अनुसन्धान र आविष्कार नीतिलाई बदल्नु आवश्यक छ । 


अर्कोतिर बजार व्यवस्थापनको समस्या छ । हाम्रो उत्पादनको बजार आन्तरिक र वाह्य दुवैलाई समानान्तररूपमा विकास र व्यवस्थापन गर्नुपर्छ । नेपालको दुवै बजार व्यवस्थापन कमजोर छ । नेपाल विश्वका दुई ठूला अर्थतन्त्र चीन र भारतको बीचमा भएर पनि त्यसको फाइदा लिन सकेको छैन । त्यसको मुख्य कारण कमजोर र प्राथमिकता नदिने नेतृत्व र उत्पादन लागत हो । सम्बन्धित सरोकारवालाले आन्तरिक बजार व्यवस्थापनमा आफ्नो स्वार्थ हेर्ने र अनुकूलतामा आधारित संरचनाका कारण सबल हुनसकेको छैन भने वाह्य बजारमा क्षमता र ज्ञानको अभावका कारण सशक्त उपस्थिति देखाउन नसकेको हो । सरकारले त्यसैमा लक्षित विशेष बजार अध्ययन र प्रवर्धनमा ध्यान दिनु जरुरी छ । 


समग्रमा देशको अर्थतन्त्र कमजोर हुनुमा सम्बन्धित सरोकारवाला नै जिम्मेवार देखिन्छन् । निजी क्षेत्र तत्कालको फाइदामा रमाउने, राजनीतिक दलका नेता व्यक्ति, दल र चुनावी स्वार्थमा अल्झने गरेका कारण समग्र अर्थ प्रणाली नै संकटमा पर्दैगएको हो । एकातिर, आन्तरिक कारणले बजार धराशायी भएको छ भने अर्कोतिर नेपाल वैदेशिक परीक्षणको केन्द्र बन्दै गइरहेको छ । यसले सधैँ बजारमा अस्थिरता निम्त्याउने र आफू अनुकूल निर्णय गर्ने हुँदा आर्थिक र सामाजिक कल्याणको उद्देश्य प्राप्त गर्न सकिएको छैन । नेपालको अर्थतन्त्रको विकासमा गति र स्तरोन्नति नभएसम्म हामीले वैदेशिक लगानी भित्र्याउन सक्दैनौ र जनताको जीवनस्तर उकास्न पनि सक्दैनौ । त्यसैले देशको आर्थिक संकट कम गर्न निजी क्षेत्र नैतिक हुने र राजनीतिक नेतृत्व र सरकारी संरचना इमानदार र स्थिर हुनु अत्यन्तै जरुरी छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC