site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नागरिकलाई सुरक्षा दिन राज्य असफल : नेकपा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नागरिकलाई शान्ति–सुरक्षा दिन राज्यसंयन्त्र असफल भएको जनाएको छ ।

नेकपाले यही माघ २२ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाले स्तब्ध भएको जनाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

शनिबार शोक वक्तव्य जारी गर्दै नेकपाले भट्टमाथि भएको पाशविक र अमानवीय कुकृत्यको भर्त्सना गरेको छ ।

‘‘डेढ वर्षअघि निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको आमजनताको आक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको समान प्रकृतिको घटनाले आमनागरिकलाई शान्ति–सुरक्षा दिन राज्यसंयन्त्र असफल भएको तथ्यलाई नै प्रमाणित गरेको छ,’’ पार्टी अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ ।

Global Ime bank

नेकपाले उक्त घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ । यस्तै, मृतक भट्टप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ ।
फाइल तस्बिर ।

No description available.

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  १६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय